तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

सारांश

  • काठमाडाैं।
  • तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ।
  • बर्षाका कारण अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले संसदलाई जानकारी गराएका हुन्।

काठमाडाैं। तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ। बर्षाका कारण अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले संसदलाई जानकारी गराएका हुन्।

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी गराए।

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको छ। मजालिवाका अनुसार बाढीबाट अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिने जस्ता थप विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले कदम चालेको छ।

“तान्जानिया राष्ट्रिय सडक सञ्जाल, तान्जानिया ग्रामीण र शहरी सडक निकाय, र तान्जानिया रेलवे कर्पोरेसनलाई क्षतिग्रस्त सडकहरू र रेलवेहरूको तत्काल जीर्णोद्धारको लागि तत्काल मूल्यांकन गर्न आदेश दिइएको छ,” उनले भने।

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल-निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
पश्चिम नेपालमा मध्यराति भूकम्पको धक्का
पश्चिम नेपालमा मध्यराति भूकम्पको धक्का
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
जबरजस्ती करणी गरेर अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने युवक पक्राउ
जबरजस्ती करणी गरेर अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने युवक पक्राउ
थप ७ संक्रमितको मृत्यु
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि  गरे मतदान
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि गरे मतदान
भरतपुर महानगरको झण्डा सगरमाथामा
भरतपुर महानगरको झण्डा सगरमाथामा

तपाईंले छुटाउनुभयो कि?