धनगढी विमानस्थल अझै एक साता बन्द रहने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
धनगढी विमानस्थल अझै एक साता बन्द रहने

सारांश

  • अत्तरिया।
  • एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ।
  • निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ।

अत्तरिया। एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ। निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ।

गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए। उनका अनुसार विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको हो। तीन मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नतिपछि चार ठूलै जहाज पार्किङ गर्न सकिने जनाइएको छ।
 
मौसमले साथ दिएमा अबका पाँच दिनमा विमानस्थलमा हवाई उडान सञ्चालन हुने गरी काम भइरहेको निर्माण कम्पनी लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इञ्जिनीयर सचिन थापाले बताए। उनले वर्षा भएमा विमानस्थल मर्मत तथा स्तरोन्नति कार्य लम्बिने जानकारी दिए। काठमाडौँ–धनगढी–काठमाडौँ दैनिक पाँच हवाई उडान हुने गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी
दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
अफगानिस्तानमा नौ जना लडाकू मारिए
अफगानिस्तानमा नौ जना लडाकू मारिए
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
अनुसन्धान गर्ने प्रहरीलाई नै निलम्बनको माग
अनुसन्धान गर्ने प्रहरीलाई नै निलम्बनको माग
काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
The Ugly Real truth About Foreign Dating At TopInternationalDatingSites. com