नमूना तयार नहुँदा शौचलाय बनेन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
नमूना तयार नहुँदा शौचलाय बनेन

सारांश

  • काठमाडौँ, २५ भदौ।
  • सार्वजनिक शौचालय निर्माणको लागि नमूना तयार गर्न नसक्दा काठमाडौँ महानगरपालिकाले निर्माण कार्यलाई अगाडि बढाउन सकेको छैन ।
  • अघिल्लो आर्थिक वर्षमानै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाउँदै आएको थियो ।

काठमाडौँ, २५ भदौ। सार्वजनिक शौचालय निर्माणको लागि नमूना तयार गर्न नसक्दा काठमाडौँ महानगरपालिकाले निर्माण कार्यलाई अगाडि बढाउन सकेको छैन ।अघिल्लो आर्थिक वर्षमानै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाउँदै आएको थियो । कामपाको निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलेका अनुसार चालु आर्थिक वर्षको पहिले महिनामै दश स्थानमा काम शुरु गर्ने योजना भए पनि शौचालयको नमूना तयार गर्न नसक्दा काम अघि बढ्न सकेको छैन ।

उहाँले भन्नुभयो, “एउटा शौचालयको निर्माण लागत रु दश लाख लाग्ने अनुमान छ । तर जतिपनि निर्माण गर्छु भनेर आउने कम्पनीले निर्माण गर्न न्यूनतम रु १५ लाख सम्मको लागत लाग्ने ल्याएका छन्, नमूना हामीले भनेको जस्तो छैन्, त्यसैले काम अघि बढ्न नसकेको हो । महानगरले भने जस्तो शौचालय निर्माण गर्न कम्तीमा चार महिना लाग्नेछ । पहिलो चरणमा निर्माण हुने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरि थप स्थानमा आवश्यक शौचालय निर्माण गर्ने योजना रहेको कामपाले जनाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा नै ‘क्लिन द सिटी’ र सार्वजनिक शौचालय निर्माणको काम पहिलो प्राथमिकतामा राख्नुभएको थियो ।

तर अहिलेसम्म पनि काम अघि बढ्न सकेको छैन ।
गत वर्ष नै सडक विभागले काठमाडौँका सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न कामपालाई अनुमति दिइसकेको छ । पानीको समस्याका कारण सुन्धारा, रत्नपार्कलगायत स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोगमा आउन सकेका छैनन् । सरकारले सन् २०१७ सम्म नेपालका सबै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदर्शनका क्रममा घाइते भएका अर्का व्यक्तिको पनि निधन
प्रदर्शनका क्रममा घाइते भएका अर्का व्यक्तिको पनि निधन
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
नुवाकोटमा महत र केसी दुबै पछाडि, प्रदेशमा समेत गठबन्धन अघि
नुवाकोटमा महत र केसी दुबै पछाडि, प्रदेशमा समेत गठबन्धन अघि
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे नौ लाख, दुई करोड भन्दा बढी संक्रमण मुक्त
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
मनाेरञ्जन समाचार : होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’

तपाईंले छुटाउनुभयो कि?