प्रधानमन्त्री सातदिने भ्रमणका लागि आज चीन जाँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७३
|
|
१२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री सातदिने भ्रमणका लागि आज चीन जाँदै

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन् ।
  • बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
  • दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन् ।

बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।


दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ शीर्ष नेता झाङसँग ११ चैतमा हँइनानमा द्विपक्षीय छलफल गर्ने छन् । तर भ्रमणका क्रममा चीनसँग कुनै सम्झौता नहुने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्द्घाटनपछि उनले नेपाल-चीन सम्बन्धका विषयमा विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसपालिको भ्रमणमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई फेरि नेपाल भ्रमणको निम्ता दिनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?