कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन

सारांश

  • जुम्ला, १३ कात्तिक   जाजरकोट जोड्ने उद्देश्यका साथ निर्माण गरिएको जुम्लाको कुडारी–ताम्ती–टोप्ला–इमिल्चासम्मको २९ किमी सडकमा पहिलोपटक जिप सेवा सञ्चालन भएको छ ।
  • तिला–४ साँपुल्ली निवासी मिमबहादुर शाहीले आइतबारदेखि बा८च ४१५९ नं को जिपसञ्चाल गर्नुभएपछि जुम्लाको विकट क्षेत्रमा पर्ने ताम्तीका जनता झण्डै पाँच घण्टा पैदल हिँडेर कर्णाली राजमार्ग पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
  • पहिलोपटक जिपमा सवार हुन पाउँदा ताम्तीका बासिन्दा दंग छन् ।

जुम्ला, १३ कात्तिक   जाजरकोट जोड्ने उद्देश्यका साथ निर्माण गरिएको जुम्लाको कुडारी–ताम्ती–टोप्ला–इमिल्चासम्मको २९ किमी सडकमा पहिलोपटक जिप सेवा सञ्चालन भएको छ ।

तिला–४ साँपुल्ली निवासी मिमबहादुर शाहीले आइतबारदेखि बा८च ४१५९ नं को जिपसञ्चाल गर्नुभएपछि जुम्लाको विकट क्षेत्रमा पर्ने ताम्तीका जनता झण्डै पाँच घण्टा पैदल हिँडेर कर्णाली राजमार्ग पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । पहिलोपटक जिपमा सवार हुन पाउँदा ताम्तीका बासिन्दा दंग छन् ।

यो सेवाबाट कुडारी–ताम्ती–टोप्ला र इमिल्चा भन्ने ठाउँसम्म अवस्थित मछाली, बूढाबाढा, टोप्ला, डुंग्री, थलाले, मछालदेउ, बारागाउँ ताम्ती, सुर्की, सर्मी, नुवाकोट, रावतबाडालगायतका गाउँका समुदाय लाभान्वित भएका छन् ।

कच्ची सडक भएकाले पहिलोपटक २९ किमीका लागि रु २५० भाडादर कायम गरिएको सञ्चालक शाहीले जानकारी दिनुभएको छ ।

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ