यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

सारांश

  • काठमाडौँ ।
  • यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ ।
  • प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।

काठमाडौँ । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ ।प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।

काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलवार गरिएको सूक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो ।

मङ्गलवार मात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचित रूपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न दुई गरी सात जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उक्त कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनासिथत यातायात व्यवस्था कार्यालय तथा काठमाडौँको ठुलो भर्‍याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो ।

उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितो रूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पुर्‍याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको पाइएको उहाँले बताउनुभयो ।

प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियम सङ्गत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताउनुभयो ।

यदि यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।

वायु प्रदूषण गराउने १४ सवारी चालक कारबाहीमा
​​​​​​​काठमाडौँको कलङ्कीमा मङ्गलवार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुवाँ फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ ।

बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले चलाएको उक्त जाँच अभियानमा ४३ गाडीमा गरिएको परीक्षणमा १४ सवारीसाधन असफल भए ।

सो क्रममा चालकलाई सवारीसाधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

यस्ता सवारीसाधनले वायु प्रदूषण गराउनाका साथै ठिक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुन्छ । त्यसैले आफ्नो सवारीसाधनको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको र त्यस्तो पाइएमा कारबाही गरिने प्रवक्ता भट्टले बताउनुभयो । रासस

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    binance註冊獎金

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार
Nepali cricketers in ICC  ODI  ranking
Nepali cricketers in ICC ODI ranking
कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज
कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
आज परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै
आज परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
सिन्धुलीमा उँट भेटियो
सिन्धुलीमा उँट भेटियो
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने

तपाईंले छुटाउनुभयो कि?