नम्रता श्रेष्ठलाई फेरि सेक्स भिडियो काण्डको त्रास !
सारांश
- काठमाडौ, २४ असोज ।
- नायिका नम्रता श्रेष्ठको जीवनीमाथि तयार पार्ने भनिएको पुस्तकमा किचलो सुरु भएको छ।
- लेखक सविन प्रियसनले नायिका नम्रता श्रेष्ठको सफलता र साहिसिक कदमलाई प्रेरणाको रुपमा व्याख्या गर्दै पुस्तक निकाल्न केही समय अघि मौखिक सहमती लिएका थिए।
काठमाडौ, २४ असोज । नायिका नम्रता श्रेष्ठको जीवनीमाथि तयार पार्ने भनिएको पुस्तकमा किचलो सुरु भएको छ। लेखक सविन प्रियसनले नायिका नम्रता श्रेष्ठको सफलता र साहिसिक कदमलाई प्रेरणाको रुपमा व्याख्या गर्दै पुस्तक निकाल्न केही समय अघि मौखिक सहमती लिएका थिए। उनले सहमति पनि दिएकी थिइन्। तर आफ्नो जीवनीमाथिको पुस्तकलार्इ लिएर पछिल्लो समय नायिका नम्रता श्रेष्ठ हच्किएकी छिन् ।
आफ्नो पुराना भिडियो काण्डको पुन चर्चा हुने त्रासले उनी पछि हटेको बताइन्छ। करिब ९ वर्षअघि डिजे तान्त्रिकसँगको उनको सेक्स भिडियो सार्वजनिक भएको थियो। त्यसपछि उनले आफ्नो फिल्म करिअरमा दिएको निरन्तरतालाई ‘साहसिक र उदाहरणीय’ भन्दै त्यसमाथि पुस्तक लेख्ने तयारी गरिएको थियो। यो विषयमा सम्पर्क गर्दा नम्रताले कुनै प्रतिक्रिया दिइनन्। उनका सहयोगीले भने, ‘पुस्तक लेख्न नम्रता आफैँ सक्षम छिन्, अरु कसैले जीवनी लेख्न आवश्यकता छैन।’ यता लेखक तथा उपन्यासकार प्रियसन आफूले २ वर्ष अघि नम्रतासँग पुस्तकका लागि मौखिक समहमती लिएको बताउँछन्।
‘विभिन्न सञ्चारमाध्यममा खबरहरु बाहिरिएपछि मलाई फोन आएको थियो। दशैँ पछि हाम्रो भेटघाट हुनेछ। त्यसै भेटमा पुस्तक निकाल्ने ननिकाल्ने टुङ्गो हुन्छ’, उनले भने। नम्रताको सफलता र आँट एउटा साहासिक कदम र अरुका लागि प्रेरणादायी हुने भएकाले पुस्तक लेख्न प्रयास गरेको उनले बताए। ‘मैले पाण्डुलिपी पठाइसकेको छु। त्यसमा उहाँले करेक्सन गर्न सक्नुहुन्छ’, नम्रताको चित्त दुःखाएर आफू लेखक बन्न नचाहेको भन्दै उनले थपे, ‘उहाँको मन दुख्ने गरी आफूले पुस्तक निकाल्न खोजेको होइन, त्यसो गर्दिनँ।’
पहिला पुस्तकका लागि स्वीकृति दिएकी नम्रताले अन्तिम समयमा किन असन्तुष्टि जनाइन् त ? ‘सायद त्यो भिडियो काण्डको कुरा फेरि अनावश्यक रुपमा उठ्ने चिन्ता उहाँमा हुनसक्छ’, प्रियसनले भने, ‘मैले पुस्तकमा त्यो प्रकरण उठाएको छैन। समाचारहरुमा सेक्स प्रकरणलाई बढी प्राथमिकता दिएपछि उहाँमा चिन्ता बढेको हुन सक्छ।’ आफूले लेखेको पुस्तकमा भिडियो काण्डबारे केही उल्लेख नभएको उनले दाबी गरे।
प्रतिक्रिया