नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

सारांश

  • चितवन, २० साउन ।
  • बुधवार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
  • उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

चितवन, २० साउन । बुधवार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएको हो ।

गएराति बगाएको भालुढुंगामा भने एकतर्फी सञ्चालनमा आएको खनालले बताउनुभयो । साँझसम्ममा सो ठाउँमा पनि दुईतर्फी सवारी सञ्चालनमा आउने उहाँले बताउनुभयो । आयोजनाका इन्जिनियर खनालका अनुसार नारायणगढबाट २७ किमीको दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको थियो ।

सो ठाउँमा तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम भइरहेको उहाँले बताउनुभयो । सडकमा पहिरो पन्छाउन मुग्लिनतर्फ चार लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सिमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए ।

तीनदिनदेखि सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रु सडक सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकका संवेदनशील क्षेत्रमा पहिरोका बीचमा रहेका १२५ वटा सवारीसाधनलाई बिहीबार साँझ एकतर्फी सडक खोलेर गन्तव्यतर्फ पठाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?