एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण पदक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण पदक

सारांश

  • काठमाडौं।
  • राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पारेका छन्।
  • त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७.

काठमाडौं। राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पारेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धा्रित दूरी पार गर्दै स्वर्ण पदक हात पारेका हुन्। उनले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाए। भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चदै रजत पदक जिते। सोही स्पर्धामा श्रीङ्का तेस्रो बन्यो। श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९.०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पारेका हुन्।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो। यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाएकी थिइन्। त्यस्तै सन्तोषीले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण जितेकी थिइन्। योसँगैँ १३औँ सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?