प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको भेट
सारांश
- काठमाडौँ ।
- प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहीबार भेट गरेका छन् ।
- सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको सो भेटका क्रममा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहीबार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको सो भेटका क्रममा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो । दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनको तयारी र प्रदेश नं २ मा असोज २ मा गरिने निर्वाचनबारे दुई नेताबीच छलफल भएको पार्टीका नेता राजाराम श्रेठले जानकारी दिए । उक्त भेटमा संविधानमा निर्धारित समयसीमाभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न वरिष्ठ नेता राणाले प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया