निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
३२ पटक हेरिएको
Shares
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन

सारांश

  • काठमाडौं, २१ माघ ।
  • सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अनुशासन नमानेको र पदीय मर्यादा कायम गर्न नसकेको भन्दै बर्खास्त गर्ने तयारी थालेका छन् ।
  • स्रोतका अनुसार मन्त्री बाँस्कोटाले पौडेललाई बर्खास्त गर्नेगरि मातहातका अधिकारीलाई निर्देशन दिईसकेका छन् ।

काठमाडौं, २१ माघ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अनुशासन नमानेको र पदीय मर्यादा कायम गर्न नसकेको भन्दै बर्खास्त गर्ने तयारी थालेका छन् । स्रोतका अनुसार मन्त्री बाँस्कोटाले पौडेललाई बर्खास्त गर्नेगरि मातहातका अधिकारीलाई निर्देशन दिईसकेका छन् ।

आइतबार बोलाइएको चौमासिक बैठकमा पौडेल नआएपछि मन्त्री रुष्ट बनेका हुन्। पदीय जम्मेवारीको ख्याल नगर्नेले कसरी काम गर्न सक्छ् ? भन्दै मन्त्री बाँस्कोटाले पौडेललाई तत्काल बर्खास्त गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले पौडेललाई बर्खास्त गर्नुपुर्व लिखित स्पष्टीकरणसमेत सोध्न लागेको छ । सम्भवतः आज वा भोलिभित्रै उनलाई पत्राचार गरिने मन्त्रालय स्रोतले जनाएको छ ।

अख्तियारले निकिता पौडेललाई पत्र काट्दै, यस्तो छ आरोप

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अख्तियारले पत्र काट्ने तयारी गरेको छ । स्रोतका अनुसार बोर्डको अध्यक्ष बन्न उनले ठूलो रकम खर्चिएको भन्ने कुराहरु यसअघि नै आएकाले यसबारेमा छानबिन गर्न पौडेललाई अख्तियारले पत्र काट्न लागेको हो ।

हल सञ्चालक तथा चलचित्र निर्मात्री पौडेल बोर्डको अध्यक्ष नियुक्त भएसँगै उनीबारे अख्तियारमा उजुरी परेको थियो । तत्कालिन् सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पौडेलबाट ठूलो आर्थिक लाभ लिएर उनलाई अध्यक्ष बनाएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले पनि यो विषयमा वास्तविकता के हो भनेर ? छानबिन गर्नेगरि बोर्डकी अध्यक्ष पौडेललाई पत्र काट्न लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को २०७४।८।२५ गते बोर्डको अध्यक्षमा चलचित्रकर्मी पौडेललाई नियूक्त गरेको थियो । र, २०७४।८।२९ गते पौडेलले पदभार गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
चीनलाई अमेरिकी रक्षामन्त्रीको चेतावनी
चीनलाई अमेरिकी रक्षामन्त्रीको चेतावनी
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने
आजबाट कोप-२९ सुरु: नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
आजबाट कोप-२९ सुरु: नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
स्वास्थ्यचौकी भवन निर्माण
स्वास्थ्यचौकी भवन निर्माण
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
“букмекерская Контора Мостбет: Ставки На Спорт И Казино Онлай
एसियाली सुरक्षा र विकासमा सहकार्य गर्न चिनिया राष्ट्रपतिको आग्रह
एसियाली सुरक्षा र विकासमा सहकार्य गर्न चिनिया राष्ट्रपतिको आग्रह

तपाईंले छुटाउनुभयो कि?