पिसिआर मेशिन ल्याइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
२८ पटक हेरिएको
Shares
पिसिआर मेशिन ल्याइयो

सारांश

  • डोटी, १४ साउन | कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा आज ल्याइएको छ ।
  • दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
  • उक्त पिसिआर मेशिनले एक पटकमा ९६ नमूना परीक्षण गर्ने र दिनमा ७०० जति नमूना परीक्षण गर्ने क्षमता रहेको कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जनाकारी दिए ।

डोटी, १४ साउन | कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा आज ल्याइएको छ । दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

उक्त पिसिआर मेशिनले एक पटकमा ९६ नमूना परीक्षण गर्ने र दिनमा ७०० जति नमूना परीक्षण गर्ने क्षमता रहेको कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जनाकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले गत चैतमै कञ्चनपुर, बैतडी र डोटीमा पिसिआर परीक्षण शुरु गर्ने र त्यसका लागि पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेअनुसार उक्त मेशिन खरिद गरी जिल्ला अस्पताल आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

जिल्लामा अहिले कूल ५८३ जना कोरोना सङ्क्रमित छन् । पिसिआर मेशिन राख्ने प्रयोगशाला पनि निर्माण कार्य सम्पन्न भएकाले यही साउन २० गतेदेखि परीक्षण कार्य शुरु गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कूल रु ४० लाखको लागानीमा उक्त मेशिन डोटी आइपुगेको उनले जानकारी दिए ।

यसअघि जिल्लामा कोरोना परीक्षण गर्ने मेशिन नभएका कारण कैलालीको धनगढी, डडेल्धुरामा रहेको प्रयोगशाला तथा काठमाडौँस्थित टेकु अस्पतालमा रहेका प्रयोगशालामा स्वाब पठाउने गरिएको थियो ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?