नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

सारांश

  • नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ ।
  • चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे रासससँगको सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिनुभयो ।
  • उहाँले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।

नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे रासससँगको सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिनुभयो ।

उहाँले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताउनुभयो । चार वर्षको अन्तरालमा चिनियाँ विदेशमन्त्रीबाट यो भ्रमण हुन लागेको छ ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उहाँले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय चासोका विविध विषयमा पनि विचारविमर्श हुने बताउनुभयो ।

चीनको राज्य परिषद्का सदस्यसमेत रहनुभएका विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चीनफिङको भावी नेपाल भ्रमणको पूर्वतयारीका रुपमा लिन सकिन्छ कि भन्ने जिज्ञासामा उहाँले नेपाल भ्रमण गर्न महामहिम चिनियाँ राष्ट्रपतिका निम्ति उपयुक्त समय भएको जानकारी नेपालले दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उच्चस्तरीय नेतृत्वको आगमन उत्साहको विषय हो तर भ्रमणको मिति निर्धारण भएको छैन ।” नेपालका घनिष्ठ मित्र चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको परराष्ट्रमन्त्रीले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसै वर्ष गर्नुभएको चीनको राजकीय भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको आमन्त्रणको राष्ट्रपति सीले सकारात्मक जवाफ दिनुभएको थियो । RSS

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
दाङमा खुमबहादुर खड्कालाई भगवान मान्थे
Sanjay Dutt and Jimmy Shergill starrer ‘Saheb Biwi Aur Gangster 3’ trailer is out!
Sanjay Dutt and Jimmy Shergill starrer ‘Saheb Biwi Aur Gangster 3’ trailer is out!
१९औँ एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना
यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
पर्सा क्षेत्र नम्बर १ मा फोरमका प्रदिप यादव विजयी
पर्सा क्षेत्र नम्बर १ मा फोरमका प्रदिप यादव विजयी
मन्त्रालयसम्मै स्वास्थ्यमा सेटिङ, रातारात गुपचुपमा कर्मचारी सरुवा !
मन्त्रालयसम्मै स्वास्थ्यमा सेटिङ, रातारात गुपचुपमा कर्मचारी सरुवा !

तपाईंले छुटाउनुभयो कि?