निर्वाचनका दिन कहाँ कहाँ राखियो बम ?
सारांश
- काठमाडौं,११,मंशिर पहिलो चरण अन्तर्गत हिजो भएको निर्वाचनका क्रममा देशका विभिन्न भागमा निर्वाचन विरोधी समूहले राखेका विष्फोटक पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ ।
- प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार धादिङ धुनिबेँसी नगरपालिका–५ स्थित शारदा मावि नजिक लामो फलामको पाइप गाडेर राखेको अवस्थामा फेला परेको सकेट बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
- यस्तै बझाङ जयपृथ्वी नगरपालिका–११ भुपुरमा रातो कपडामा बेरेको अवस्थामा फेला परेको विष्फोटक पदार्थ प्रहरीले नेपाली सेनासँग समन्वय गरी डिस्पोज गरेको थियो ।
काठमाडौं,११,मंशिर
पहिलो चरण अन्तर्गत हिजो भएको निर्वाचनका क्रममा देशका विभिन्न भागमा निर्वाचन विरोधी समूहले राखेका विष्फोटक पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार धादिङ धुनिबेँसी नगरपालिका–५ स्थित शारदा मावि नजिक लामो फलामको पाइप गाडेर राखेको अवस्थामा फेला परेको सकेट बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । यस्तै बझाङ जयपृथ्वी नगरपालिका–११ भुपुरमा रातो कपडामा बेरेको अवस्थामा फेला परेको विष्फोटक पदार्थ प्रहरीले नेपाली सेनासँग समन्वय गरी डिस्पोज गरेको थियो ।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–७ गुनाभिर नजिकै सडकमा वाइबी नामक बट्टामा रातो कालो टेपले बाँधेको रातो बत्ती बलिरहेको अवस्थामा फेला परेको सामान्य बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो। यता नुवाकोट, ककनी गाउँपालिका–२ स्थित काउलेमा आइतबार फेला परेको प्रेसरकुकर बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।
त्यस्तै दार्चुला, महाकाली नगरपालिका–४ खलंगा नजिक सडक छेउमा कागज भित्र गोलो आकारको बम जस्तो देखिने शंकास्पद वस्तु, रुपन्देही, बुटवल उपमहानगरपालिका–१० स्थित जंगलमा सुतली धागोले बेरेको अवस्थामा फेला परेको विष्फोटक पदार्थ र रोल्पा, त्रिवेणी गाउँपालिका–७ स्थित गोविन्द मावि नजिक बाटोको छेउमा परेको विष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गर्यो ।
दोलखा, भीमसेन नगरपालिका–३ स्थित सडक कार्यालय अगाडि बाटोको छेउमा फेला परेको सकेट बम र दोलखाकै भीमेश्वर नगरपालिका–६ स्थित चोथाङमा प्याराडाइज होटल अगाडि बाटोमा दुई वटा झोलामा फेला परेको सकेट बम, कपिलवस्तु, वाणगंगा नगरपालिका–११ स्थित भित्री सडकखण्डको किनारामा सुतलीले बाँधेर परालले छोपेको अवस्थामा फेला परेको विष्फोटक पदार्थ तथा बागलुङ, वडिगाड गाउँपालिका–७ डाँडागाउँमा फेला परेका दुई वटा सुतली बम पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा नेपाली सेना टोलीले डिस्पोज गरेको थियो ।
यसैगरी ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङ स्थित सरस्वती मावि हाङपाङको कम्पाउण्डमा गाडेको अवस्थामा फेला परेको प्रेसरकुकर बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । विष्फोटक पदार्थ राख्ने व्यक्ति तथा समूहका सम्बन्धमा प्रहरीले खोजतलास जारी रहेको तथा केही व्यक्तिलाई नियन्त्रमा लिइएको पनि प्रहरीले जनाएको छ ।
राजधानीबाट
प्रतिक्रिया