आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !
सारांश
- काठमाडौं।
- सत्तारुढ दल नेकपा (नेपाल कम्युनिष्ट पार्टी)को महाधिवेशन आगामी वर्षको चैतमा गर्ने प्रस्ताव गरिएको छ।
- बुधबार राजधानी काठमाडौंमा शुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा पार्टीको महाधिवेशनको मिति प्रस्ताव गरिएको हो।
काठमाडौं। सत्तारुढ दल नेकपा (नेपाल कम्युनिष्ट पार्टी)को महाधिवेशन आगामी वर्षको चैतमा गर्ने प्रस्ताव गरिएको छ। बुधबार राजधानी काठमाडौंमा शुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा पार्टीको महाधिवेशनको मिति प्रस्ताव गरिएको हो।
२०७७ चैत २५ देखि ३० महाधिवेशन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर बनेको नयाँ दल नेकपाको महाधिवेशन भएको छैन। २०७७ चैतमा गरिने महाधिवेशन कतिऔं हुने भन्नेबारे प्रतिवेदन मौन रहेको बताइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया