निर्वाचन परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै विपक्षीद्वारा प्रदर्शन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
निर्वाचन परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै विपक्षीद्वारा प्रदर्शन !

सारांश

  • बामाको, १० भदौ ।
  • मालीको विपक्षी दलका हजारौँ समर्थकहरुले शनिबार बामाकोमा प्रदर्शन गरेका छन् ।
  • हालै भएको निर्वाचनको मत परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै आफूहरु प्रदर्शनमा उत्रिएको आयोजकहरुले बताएका छन् ।

बामाको, १० भदौ । मालीको विपक्षी दलका हजारौँ समर्थकहरुले शनिबार बामाकोमा प्रदर्शन गरेका छन् । हालै भएको निर्वाचनको मत परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै आफूहरु प्रदर्शनमा उत्रिएको आयोजकहरुले बताएका छन् । आन्दोलनकारीहरुले प्रदर्शन गरेको व्यानरमा “हामीलाई घोषित नतिजा स्वीकार्य छैन” र “आइविके (इब्राहिम बाउबाकर केइटा) ले हाम्रो विजय रोक्न सक्दैन्” नारा लेखिएका थिए । राष्ट्रपतिको चयनका लागि यही अगस्ट १२ मा भएको निर्वाचनमा इब्राहिम बाउबाकर केइटाबाट पराजित हुनु भएका पूर्वमन्त्री सौमाइला सिस्सेले आन्दोलनको नेतृत्व गर्नु भएको छ ।

दोस्रो कार्यकालका लागि विजयी घोषित केइटाले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ६८ वर्षीय विपक्षी नेता सिस्सेले पुनः निर्वाचनको माग गर्नु भएको छ । केही दिन अगाडि भएको निर्वाचनमा सिस्सेले ३२.८४ प्रतिशत मत ल्याउनु भएको घोषणा गरिएको थियो । उहाँलाई पराजित गर्नु भएका केइटाले भने ६७.१६ प्रतिशत मत ल्याउनु भएको निर्वाचन आयोगले जनाएको छ । हामीले शान्त, सुखी र स्थायित्व सहितको देश चाहन्छौँ, तर निर्वाचनमा धाँधली गरेर राष्ट्रपति चयन भएको घोषणा गरिएकाले आन्दोलन गर्न बाध्य भएका हौँ, सिस्सेले बामाकोमा आयोजित र्यालीलाई सम्बोधन गर्दै भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?