राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १, २०७९
|
|
५२ पटक हेरिएको
Shares
राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।
  • पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए ।

बैठकले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन, सुलभ ढङ्गले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ ।

हाल बैंकबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसानलगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेकाले ब्याजदर तत्काल नियन्त्रण गर्न र देशमा वित्तीय सन्तुलन कायम राख्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधनका लागि सरकारसँग राप्रपा बैठकले माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन माओबादी चुनाब चाहदैन…
किन माओबादी चुनाब चाहदैन…
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
तीन शीर्ष नेताबीच भेटवार्ता, के भयो कुराकानी ?
तीन शीर्ष नेताबीच भेटवार्ता, के भयो कुराकानी ?
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु
नेकपाका नेता नेपाल चीन प्रस्थान
नेकपाका नेता नेपाल चीन प्रस्थान
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
ठोरी बस्तीलाई डढेलोले घेर्यो
ठोरी बस्तीलाई डढेलोले घेर्यो
म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब  पाएनन्
म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन्