रोनाल्डोको नाममा नयाँ कीर्तिमान
सारांश
- पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकप अनर्तगत स्पेनविरुद्धको खेलमा गोल गरेसँगै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
- फिस्ट स्टेडियम सोचीमा शुक्रबार भएको खेलमा रोनाल्डोले स्पेनविरुद्ध २ गोल गर्दै ठूला प्रतियोगिताको आठ संस्करणमा गोल गर्ने खेलाडी बनेका हुन्।
- रोनाल्डाले खेलेका युरो कपको चार संस्करण र विश्वकपको चारै संस्करणमा गोल सफल भएका हुन् ।
पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकप अनर्तगत स्पेनविरुद्धको खेलमा गोल गरेसँगै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
फिस्ट स्टेडियम सोचीमा शुक्रबार भएको खेलमा रोनाल्डोले स्पेनविरुद्ध २ गोल गर्दै ठूला प्रतियोगिताको आठ संस्करणमा गोल गर्ने खेलाडी बनेका हुन्।
रोनाल्डाले खेलेका युरो कपको चार संस्करण र विश्वकपको चारै संस्करणमा गोल सफल भएका हुन् । त्यस्तै रोनाल्डो विश्वकपको चारै संस्करणमा गोल गर्ने चौथो खेलाडी बनेका छन् ।
यसअघि युवे सिलेर, ब्रािजलका पेले र जर्मनीका मिरोस्लाभ क्लोजले चार संस्करणमा गोल गर्न सफल भएका थिए ।
२००४ को युरो कप पहिलो पटक खेलेका रोनाल्डोले त्यसपछि तीन संस्करण २००८, २०१२ र २०१६ मा गोल गरेका थिए । त्यस्तैे २००६, २०१०, २०१४ को विश्व कपमा गोल गरेका रोनाल्डोले यसपटक पहिलो खेलमै गोल गरेका छन् ।
Uttam Bhandari
good
Janak Tamang
Good CR 7