वामदेवले १५०१ जनाको एकता अभियान आउँदो हप्ता घोषणा गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १६, २०७७
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम यतिबेला तटस्थ भूमिकामा छन् ।
  • केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समूह गठन गरेर आरोप प्रत्यारोपमा उत्रँदा गौतम मौन छन् ।
  • उनी भैंसेपाटीमा बसेर नयाँ रणनीतिको तयारीमा लागेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम यतिबेला तटस्थ भूमिकामा छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समूह गठन गरेर आरोप प्रत्यारोपमा उत्रँदा गौतम मौन छन् । उनी भैंसेपाटीमा बसेर नयाँ रणनीतिको तयारीमा लागेका छन् ।

गौतम निकट स्रोतका अनुसार अहिले १५०१ जनाको एकता अभियान गठनको तयारीमा वामदेव सक्रिय भएका छन् । उनले यसका लागि देशभरका तटस्थहरुको नाम संकलन गर्न निर्देशन दिएका छन् । गौतमको निर्देशन अनुसार देशभर तटस्थहरुको पहिचान गरी नाम संकलन गर्दै एकता अभियानमा नाम राख्न शुरु भएको छ ।
गौतमले अर्को हप्ता १५०१ को एकता अभियानको घोषणा गर्दैछन् । उनी निकटस्थका अनुसार अभियानमा तटस्थ रहेकाहरुको उल्लेख्य संख्या हुनेछ ।

यतिबेला गौतमलाई प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय र सहअध्यक्षको प्रस्ताव गरेका छन् । तर, उनले त्यसलाई स्वीकार गरेका छैनन् । पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो समूहमा महत्वपूर्ण स्थान दिने प्रस्ताव गरेका थिए । तर, गौतम सहमत भएनन् । उनी कुनैपनि समूहमा नलाग्ने र अन्तिम समयसम्म एकताको अभियानमा लाग्ने अडान लिए ।

यसैगरी, वामदेवले तयारी गरेको एकता अभियान छुट्टै अघोषित पार्टीको रुपमा अगाडि बढ्ने बुझिएको छ । नेकपाको दुवै समूहमा आफ्नो प्रभाव कमजोर हुनसक्ने देखेर गौतमले आफ्नै अलग्गै समूह बनाउन लागेका हुन् । एकता अभियान नाम दिइएको यही शक्तिले भविष्यमा नेकपालाई पुनः एकीकरण गरी आफूलाई नेतृत्वमा स्थापित गर्ने आशा गौतमको रहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Is certainly Your Prolonged Distance Romance Moving Too quickly?
ग्यास विक्री सहज हुने, आयल निगम र ग्यास उद्योगीबीच समझदारी
ग्यास विक्री सहज हुने, आयल निगम र ग्यास उद्योगीबीच समझदारी
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई ,प्रहरी एसपी बढुवाका लागि सिफारिस……
कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई ,प्रहरी एसपी बढुवाका लागि सिफारिस……
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन