नेकपामा कुन विभागको जिम्मेवारी कसलाई ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ४, २०७६
|
|
१८ पटक हेरिएको
Shares
नेकपामा कुन विभागको जिम्मेवारी कसलाई ?

सारांश

  • नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् ।
  • अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् ।
  • विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए ।

नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् । विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए ।

बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ । ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् । केही दिनअघि ओलीले गौतमलाई बोलाएर लामो छलफल गरेका थिए ।

छलफलमा ओलीले मिलेर जाने प्रस्ताव राखेका थिए । गौतमले भने सक्रिय भूमिका दिन आग्रह गरेका थिए । यसअघि ओलीले संगठन विभागमा रामबहादुर थापालाई लैजाने तयारी गरेका थिए । पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका हुन् । कान्तिपुरका अनुसार विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ ।

नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको छ । पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने समझदारी भएको छ । पूर्वमाओवादी पक्षले भने पोखरेलको नामलाई रुचाएको छैन । उसले यो विभागको नेतृत्व आफैंले पाउनुपर्ने बताउँदै आएको छ ।

अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
लोकप्रिय गायक अरुण थापाको २० औँ स्मृति दिवसको अवसरमा सांस्कृतिक संस्थानले विशेष कार्यक्रम आयोजना गर्दैछ । आइतबार ‘सम्झनामा अरुण थापा’ नामक कार्यक्रमा नाचघरका कलाकारले गायक थापाका बहुचर्चित गीत प्रस्तुत गर्ने संस्थानमा महाप्रवन्धक राजेश थापाले बताए । कार्यक्रम आइतबार दिउँसो ३ बजे राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्ष्यालयमा हुँदैछ ।

अरुण थापा नेपाली सांगीतिक क्षेत्रका त्यस्ता नक्षत्र हुन् जसले थोरै गीत गाएर पनि आफुलाई अब्बल गायकको रुपमा स्थापित गरे । विक्रम २००८ सालमा जन्मिएका थापाका ऋतुहरुमा तिमी, जति माया लाए पनि, चोट के हो व्यथा के हो लगायतका गीतहरु अहिले पनि श्रोताको रोजाईमा पर्ने गीत हुन् । थापाको वि.सं. २०५६ साउन ५ गते काठमाडौँमा निधन भएको हो ।

मनसुनको सक्रियता सामान्य हुँदै
काठमाडौं। मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ।

मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। अहिले मनसुन देशभरि नै सामान्य सक्रिय छ भन्दै उनले पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने पश्चिम क्षेत्रमा आंशिक तथा सामान्य बदली हुने जानकारी दिए।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकामा १५ .० मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ६०.०, सिमरामा ७.०, नेपालगञ्जमा ५४.० र जुम्लामा ०.३ मिलिमिटर वर्षा मापन गरिएको छ। राति देशभर सामान्य बदली रहीे केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

शनिबार देशभर आंशिक बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त महाशाखाको भनाइ छ।

त्यस्तै उक्त महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ

परराष्ट्रमन्त्री ज्ञवाली र उनकी पत्नीले घोषणा गरे मरणोप्रान्त अंगदान
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी पत्नी सरस्वती ज्ञवालीले मृत्यु पश्चात अंगदान गर्ने मन्जुरीनामामा आज हस्ताक्षर गरेका छन् । मन्जुरीनामामा उनले उल्लेख गरेका छन् ‘‘मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला–मुटु–फोक्सो–कलेजो–प्याँक्रियाज–सानो आन्द्रा झिकी मृगौला–मुटु–फोक्सो–कलेजो–प्याक्रियाज–सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५को दफा १६को उपदफा(१)को खण्ड (ख) बमोजिम् जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु । ’’
ज्ञवाली दम्पत्तिले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मरणोप्रान्त अंगदानको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै निर्माण नगरेकाले ठेक्का रद्द
समयमै निर्माण नगरेकाले ठेक्का रद्द
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव
ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव
नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य
नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य
‘आगोको भुङ्ग्रोमाथिको अनौठो नाच’
‘आगोको भुङ्ग्रोमाथिको अनौठो नाच’
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा
राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी
कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी

तपाईंले छुटाउनुभयो कि?