समयमै निर्माण नगरेकाले ठेक्का रद्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
४६ पटक हेरिएको
Shares
समयमै निर्माण नगरेकाले ठेक्का रद्द

सारांश

  • हेटौँडा ।
  • मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटकपटक समय थप गर्दा पनि पू्रा नगरेकाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको छ ।
  • पूर्वाधार विकास कार्यालय र नागार्जुन—शङ्करमाली जेभीबीच २०७२ सालमा ठेक्का सम्झौता भई २०७४ सालमा निर्माण गरिनुपर्ने उक्त पुलका लागि दुई पटक म्याद थप गरिएको थियो ।

हेटौँडा । मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटकपटक समय थप गर्दा पनि पू्रा नगरेकाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको छ । पूर्वाधार विकास कार्यालय र नागार्जुन—शङ्करमाली जेभीबीच २०७२ सालमा ठेक्का सम्झौता भई २०७४ सालमा निर्माण गरिनुपर्ने उक्त पुलका लागि दुई पटक म्याद थप गरिएको थियो । म्याद थप गर्दा पनि हालसम्म निर्माणकार्य अगाडि नबढाइएको भन्दै मन्त्रालयले ठेक्का रद्द गर्दै निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा समेत राख्ने निर्णय गरेको हो ।

नागार्जुन—शङ्करमाली जेभीले तोकिएको समयभित्र निर्माण गर्न नसकेपछि प्रथम पटक २०७५ चैत २६ गते तीन महिना चार दिनका लागि समय थप गरिएकोमा काम हुन नसकेपछि २०७६ फागुन ८ गते पुनः एक वर्षको लागि समय थप्दा पनि हालसम्म काम नभएकाले ठेक्का रद्द गर्नुपरेको भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

जनताको जनजीवनसँग जोडिएको विकासका पूर्वाधार निर्माणमा पटकपटक समय थप्दा पनि काम नभएपछि रद्द गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । प्रदेश सरकारसँग पहुँचको आधारमा काम छल्ने कार्य अब अन्त्य हुने मन्त्री दुलाललले बताए । कार्यप्रगति सन्तोषजनक नभएको र मन्त्रालयमा बैठक बोलाउदासमेत निर्माण कम्पनी अनुपस्थित हुनाका साथै आफूले जिम्मा लिएको काममा चासो नदेखाएको र राज्यको लगानीमा सर्वसाधरणले दुःख भोग्नपर्ने अवस्था आएकाले ठेक्का रद्द गरेर नयाँ ठेक्का आह्वान गरिने मन्त्री दुलालले जनाए ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसारको कार्य गरेकाले ठेक्का सम्झौता अन्त्य गरिएको मन्त्रालयले जनाएको छ । पुलको सम्झौताअनुसारको लागत रकम रु पाँच करोड ३७ लाख ९२ हजार तीन सय पाँच रुपैँया ३० पैसा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यसम्पादन जमानत बमोजिमको बैँक ग्यारेन्टी रकम रु २६ लाख ९० हजारसमेत जफत हुने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप
पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप
७० वर्षका नेताले कम्युनिष्ट पार्टीबाट अवकाश लिनेमा विवाद
७० वर्षका नेताले कम्युनिष्ट पार्टीबाट अवकाश लिनेमा विवाद
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
चिनियाँ कम्युनिस्ट पार्टीले देशमा कसरी शासन गर्छ ?
चिनियाँ कम्युनिस्ट पार्टीले देशमा कसरी शासन गर्छ ?
देउवासँग भारत ‘फायर’
देउवासँग भारत ‘फायर’
वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु
वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त
प्रधानमन्त्रीसँग फ्रान्सेली राजदूतको भेटवार्ता
प्रधानमन्त्रीसँग फ्रान्सेली राजदूतको भेटवार्ता