नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य
सारांश
- दाङ, १० जेठ ।
- नवगठित नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा दाङबाट १५ जना नेताहरु परेका छन् ।
- १५ जनामध्ये ६ जना तत्कालीन नेकपा एमालेबाट र ९ जना तत्कालीन नेकपा माओवादी केन्द्रबाट केन्द्रीय समितिमा परेका हुन् ।
दाङ, १० जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा दाङबाट १५ जना नेताहरु परेका छन् । १५ जनामध्ये ६ जना तत्कालीन नेकपा एमालेबाट र ९ जना तत्कालीन नेकपा माओवादी केन्द्रबाट केन्द्रीय समितिमा परेका हुन् ।
नेकपाको केन्द्रीय समितिमा एमालेबाट दाङका २ नेताहरु युवराज ज्ञवाली र शंकर पोख्रेल स्थायी समिति सदस्यमा परेका छन् । यीमध्ये ज्ञवाली पूर्वमन्त्री हुन् भने शंकर पोख्रेल हाल ५ नम्बर प्रदेशका मुख्यमन्त्री हुन् ।
त्यसैगरी दाङबाट नारायण शर्मा पौडेल, जगप्रसाद शर्मा “अपार”, रेखा शर्मा, भागवत विश्वासी, जीवन गौतम, मेटमणि चौधरी, शान्ता चौधरी, निर्मल आचार्य, हेमराज शर्मा “डामण्ड”, नारायणी शर्मा, इन्द्रजीत थारु, दामा शर्मा र नरुलाल चौधरी रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया