सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
सारांश
- चितवन ,प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्ला आदेश तथा फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
- बुधबार नवलपरासीको गैंडाकोटमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले अदालतले स्वतन्त्र भूमिका र गरिमा गुमाएको टिप्पणी गरे ।
- ‘अदालत अदालत जस्तो होस्, निष्पक्ष होस्, स्वाधिनता र मर्यादित होस्’ कठै अदालत भन्दै उनले भने, ‘म भन्न चाहान्छु दूर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन् ।
चितवन ,प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्ला आदेश तथा फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
बुधबार नवलपरासीको गैंडाकोटमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले अदालतले स्वतन्त्र भूमिका र गरिमा गुमाएको टिप्पणी गरे । ‘अदालत अदालत जस्तो होस्, निष्पक्ष होस्, स्वाधिनता र मर्यादित होस्’ कठै अदालत भन्दै उनले भने, ‘म भन्न चाहान्छु दूर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन् ।
उनले संवैधानिक अंगहरुको भूमिका निष्पक्ष रहन नसकेको गुनासो गरे ।
माओवादीप्रति टिप्पणी गर्दै ओलीले भने, ‘माओवादी तितेपाती हो, एमाले पिपल हो । तितेपाती ३ महिनामा नै हर्लक्क बढ्छ । ४ महिना मर्छ, पिपलको ३ महिनामा २ वटा पात पलाउँछ तर, दीर्घजीवन बाँच्छ भरपर्दो र पाको हुन्छ ।’
कांग्रेस खानका लागि जन्मिएको उनको टिप्पणी छ । उनले भने, ‘कांग्रेस सकिसक्यो, त्यसमा कुनै जीवन छैन र सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो । अब त्यसका पछि लागेर देश बन्दैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले काण्डैकाण्ड मच्चाएको उनको भनाइ छ । ओलीले प्रश्न गरे, ‘चार पटकसम्म किन प्रधानमन्त्री भएको ? मलाई त लाग्दैन गतिलो मान्छे चार पटकसम्म प्रधानमन्त्री हुन्छ ।
एमाले राष्ट्रवादी शक्ति भएको र आफ्नो पार्टीबिरुद्ध ठूलो घेरावन्दी भइरहेको अध्यक्ष ओलीको भनाइ छ । जनताको साथ रहे त्यसको केही अर्थ नहुने भन्दै उनले भने, ‘माकुराको जालोमा झिंगा पर्दछ, भैंसी पर्दैन ।’
Shashidhar Neupane
एमाले भनेकाे कुहियकाे अालु कुहिएको अालु गनाउछ ।
Mubarak Hasan
ghamanda timro biralo jasto ..tukka timeo farsi jasto..guff timro boiler pothi jasto …
Tilak Gurung
Good kp oli ….
Kopila Neupane Luitel
Dull manxr Bayer naramro sabda nabolnunai bes hunxaki
Jaya Ram Dahal
कुहिसक्याे अब बडारेर पानिले सफा गर्नु पर्छ ।नत्र समाज दुर्गन्धित हुन्छ।
Ratan B Gurung
Oli ji ko boli thik bhannu bhayo
Maniram Pradhananga
Congress(satidevi, as said by K.P.S.Oli) ko jhardai gareko anga patan ko ladi soharera aja Yemale yo abastha ma aayako bujhiyo.
Jaya Parsad Sitaula
ukhane mute kailako xoro baulayo
Basudev Shrestha
सत्यदेवीको अंग पतन भएको ठाँउमा त शिवशक्ति स्वरुपको महाँदेव नै महांदेव उत्पत्ति भएर सबैलाइ आशिर्बाद प्रदान गरेको थियो ,ओली पनि आशिर्बाद को लागि आतुर छ कि क्याहो ?
Bishal Gautam
ho sarkar ho prachanda le ufaresi k garnu hajur pani aufrekai ho
Amar Ghotane
होइन हौ उखानेको काम एमाले ठुलो बनाउने कि धुलो बनाउने हो ?एक दुई ठाँउ बढी जित्दैमा भुइमा खुट्टा छैन दुनिया लाई गाली गर्यो उखान सुनायो यस्ता अपराधिले देश बनाउछ भन्नू र गोरुले ब्याउछ भन्नू उस्तै उस्तै हो!
Hemanta Chamlagai
ओली जि तपाई लाई थाहा छ कि छैन सत्यदेबी को अँग जहाँ पतन भयो त्यहा तीर्थ स्थल बन्यो भन्ने कुरा ,के थाहा छ बरा लाइ बिचरा धर्म निरपेक्ष बनाउने पातकी हरु लाई