नेपालमा धेरैमा कोरोना भाइरसको लक्षण नदेखिनुको कारण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • बीबीसी ।
  • नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय पचास पुगेपछि चिन्ता र त्रास बढेको पाइन्छ।
  • तर अहिलेसम्म कसैको मृत्यु भएको छैन।

बीबीसी । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय पचास पुगेपछि चिन्ता र त्रास बढेको पाइन्छ। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन्।

नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले अनौठो मानिरहेको पाइन्छ।

कोभिड १९ को निम्ति विश्व स्वास्थ्य सङ्गठनले बनाएको जिनिभास्थित विज्ञसमूहमा आवद्ध प्राध्यापक डा. प्रकाश घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिनप्रतिदिन परिवर्तन हुनसक्छन्।

नेपालमा अहिलेसम्म गरिएको परीक्षण धेरै नै कम भएको र अहिलेसम्म गम्भीर लक्षण भएर अस्पताल पुगेका भन्दा पनि सम्भावित सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिकै परीक्षण गरिएको बताइएको छ।

राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोलाको धारणा पनि मिल्दोजुल्दो छ।

उनका अनुसार अहिलेसम्म अधिकांश अन्य देशबाट फर्किएका युवामा सङ्क्रमण देखिएको छ।

सुरुमै सक्रिय निगरानी गरिएका देशमा समुदायमा फैलिन पाएको छैन। जहाँ एक्कासी प्रकोप देखियो त्यहाँ दीर्घरोगी र वृद्धवृद्धमा सरिसकेको देखिन्छ।

तर नेपालमा बाहिरबाट आएका मानिसहरूलाई क्वारन्टीन हुँदै आइशोलेसनमा राखिएकाले समुदायमा सर्न नपाएको उनको ठम्याइ छ।

प्राध्यापक घिमिरे भन्छन्, “ठूलो सङ्ख्यामा लक्षण नदेखिएको भए अनुसन्धानको विषय हुनसक्थ्यो। त्यसैले अहिले नै हामी बलिया छौँ भन्ने भएन।

“लक्षण आएन, हामी फरक छौँ भन्नु वैज्ञानिक रूपमा उपयुक्त हो जस्तो लाग्दैन।“

अहिलेसम्म सङ्क्रमण पुष्टि भएका २१९ जनाकै भरमा तीन करोड जनसङ्ख्यालाई केही हुँदैन भनेर भन्न नसकिने उनको भनाइ छ।

कतिपय सङ्क्रमितले आफूलाई कुनै लक्षण नदेखिएको भन्दै पुनस् परीक्षण हुनुपर्ने माग गरेको पाइन्छ।

तर डा. बास्तोलाका अनुसार पीसीआर विधिको परीक्षणले कोभिड १९ कै भाइरस पहिचान गर्छ।

उनी भन्छन्, “भोलि समुदायमा फैलिएर दीर्घरोगी र वृद्धवृद्धमा सरेमा निमोनिया वा जटिल खालको लक्षण देखिन सक्ने सम्भावना रहन्छ।“

कतिपय सङ्क्रमित त लक्षण नदेखिएरै वा कुनै औषधी नखाएरै अस्पतालबाट निको भएर फर्किएको बताइन्छ।

प्राध्यापक घिमिरेका अनुसार अहिलेसम्मको प्रमाण अनुसार करिब ८० प्रतिशतमा लक्षण देखिँदैन। चिकित्सकको परामर्श आवश्यक हुने बाँकी बिरामीमध्ये पाँच प्रतिशतलाई स्वासप्रश्वाससम्बन्धी सहायता यन्त्रको खाँचो पर्न सक्छ।

तर बिरामीको गोपनीयताका कारण नेपालका अस्पतालमा भर्ना गरिएका कसैलाई पनि लक्षण नदेखिएको भन्न नसकिने उनको भनाइ छ।

डा. बास्तोलाले पनि निको भइ फर्किएका आफ्नो निगरानीमा रहेका बिरामीलाई केही औषधि चलाउनु परेको जानकारी दिए।

त्यसैले प्राध्यापक घिमिरे भाइरस कमजोर र मानिस बलियो भयो अनि सार्ने माध्यम भएन भने रोग नलाग्ने बताउँदै भन्छन्, “त्यसैले हामी अत्तालिन भएन तर चलाख र तयार रहनुपर्छ।“

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन
कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा निवेदन
राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा निवेदन
सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालन
सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालन
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
रु २९ लाखसहित १० जुवाडे पक्राउ
रु २९ लाखसहित १० जुवाडे पक्राउ
बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने
बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !
कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध मुद्दा दर्ता
कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध मुद्दा दर्ता
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?