लागु औषध दुव्यर्सनी सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
लागु औषध दुव्यर्सनी सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन

सारांश

  • अस्बिन खड्का, उदयपुर, ३ असार ।
  • उदयपुरमा लागु औषध दुव्यर्सनी सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन भइरहेका छन ।
  • दिगो बिकास को लागि युवा प्रतीठान (यासीड) नेपाल को अयोजना तथा त्रियुगा नगरपालिकाको सहयोग मा नगरका सबैजसो स्कूल हरुमा लागु औषध दुव्यर्सनी सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरीएकाे हाे ।

अस्बिन खड्का, उदयपुर, ३ असार । उदयपुरमा लागु औषध दुव्यर्सनी सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन भइरहेका छन ।

दिगो बिकास को लागि युवा प्रतीठान (यासीड) नेपाल को अयोजना तथा त्रियुगा नगरपालिकाको सहयोग मा नगरका सबैजसो स्कूल हरुमा लागु औषध दुव्यर्सनी सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरीएकाे हाे ।

असार १ गते बालमन्दिर माबी  देखि सुरु गरीएको कार्यक्रम त्रियुगा नगरपालिकाका सबै मा बी  मा संचालन  गरिने कार्यक्रमकी अध्यक्ष अन्जता पौडलले जानकारी दिइन । पाैडेलका अनुसार विद्यार्थीहरुलाई लागु औषधको कुलतबाट सचेत गराउन विद्यालयमै एक छुट्टै कक्षा सञ्चालन गर्दै प्रशिक्षण र चेतना दिने गरिएकाे हाे।

अाइतबार सदरमुकाम  गाइघाट को त्रियुगा उमाविमा  भएको थियो । सो कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नबराज भट्ट,स्कूल का प्रधानध्यापक सुबाश बिस्ट,साथै नगरपालिकाको तर्फ बाट नगर अधिकृत का साथै सदस्य जितबहादुर खडका को समेत उपस्थित रहेकाे थियाे । 

जिल्ला प्रहरी प्रमुख नबराज भट्ट ले कक्षा नौ र दश का ११४ जना बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए ।

भट्ट ले  विद्यार्थीलाई कूलतमा लाग्नबाट सचेत गराउन अभिभावकहरुको पनि भूमिका हुनेमा जोड दिए । उनले लागू पदार्थको समस्यामा परेका धेरैजसो मानिसहरु सचेतनाकाे आवश्यक हुने समेत बताए।

स्कूल का प्रअ सुबाश बिस्टले ‘सुर्ती सेवन गर्नु लागु औषध सेवनको प्रवेशद्धार र लागु औषधमा फस्नु नर्कमा जाने बाटो तय गर्नु बराबर भएकाे बताए ।

सो कार्यक्रम मा विद्यार्थीहरुले निकै चाख लाग्दो उत्सुकताका साथ कार्यक्रममा सहभागी भएको प्रधानाध्यापक सुबाश बिस्ट ले जानकारी दिए।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?