काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १२, २०७९
|
|
३८ पटक हेरिएको
Shares
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने

सारांश

  • काठमाडौ ।
  • नेपाली काँग्रेसले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आर्थिक विषयहरु पनि समावेश भएका छन् ।
  • घोषणापत्र लेखनमा अर्थशास्त्री स्वर्णिम वाग्लेले नेतृत्वदायी भूमीका निर्वाह गरेकाले यसपालीको काँग्रेसको घोषणापत्रमा विगतको तुलनामा आर्थिक र अर्थतन्त्रका विषयहरु मसिनो गरी समावेश गरिएको छ ।

काठमाडौ । नेपाली काँग्रेसले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आर्थिक विषयहरु पनि समावेश भएका छन् । घोषणापत्र लेखनमा अर्थशास्त्री स्वर्णिम वाग्लेले नेतृत्वदायी भूमीका निर्वाह गरेकाले यसपालीको काँग्रेसको घोषणापत्रमा विगतको तुलनामा आर्थिक र अर्थतन्त्रका विषयहरु मसिनो गरी समावेश गरिएको छ ।

आायत, वाह्य क्षेत्रको असन्तुलन, कर्जा, तरलता र मुद्रास्फिर्ति गरी ५ विषयलाई तत्कालिक आर्थिक एजेण्डाका रुपमा काँग्रेसले घोषणापत्रमा समावेश गरेको छ । सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार, स्वदेशी उत्पादनको प्रवद्र्धन र डिजिटलाइजेशनको विषय आर्थिक एजेण्डाका रुपमा अघि सारिएको अर्थशास्त्री वाग्लेको भनाई छ ।

वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षभित्र १२ लाख ५० हजार जनालाई रोजगारी दिने महत्वकांक्षी लक्ष्य काँग्रेसको घोषणापत्रमा समावेश छ । वाग्लेले आर्थिक वृद्धिका नयाँ स्रोतहरु पहिल्याउने विषय संकल्पपत्रमा प्राथमिकताका साथ समावेश गरिएको दाबी गरेका छन् ।

सँगै, दिगो विकासका लक्ष्यसँग मिल्ने गरी अर्थतन्त्रका विषयहरु राखिएको र घोषणापत्र यथार्थपरक रहेको दाबी उनको छ ।

इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जाको खपत बढाउने, नेपाल घुम्न आउने विदेशी पर्यटकले हरेक दिन १ सय अमेरिकी डलर खर्च गर्न वातावरण बनाउने, नेपाल आउने पर्यटक कम्तीमा १५ दिन अनिवार्य बस्ने वातावरण मिलाउने, वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने र यसका लागि विमानस्थलदेखि पर्यटकीय पूर्वाधारको विकास गर्ने विषय काँग्रेसको घोषणपत्रमा लेखिएको छ ।

२० लाख पर्यटक आउँदा काँग्रेसले भने जस्तो एक जना पर्यटक १५ दिन नेपाल बस्दा २० लाखलाई १५ दिनले गुणान गर्दा ३ करोड जना पर्यटक एकैदिन आएर बसे बराबर हुन्छ । अब काँग्रेसले घोषणपत्रमा विदेशी पर्यटकबाट हरेक दिन कम्तीमा १ सय अमेरिकी डलर खर्च गराउने वातावरण बनाउने भने अनुसार ३ करोडलाई पुनः १ सय अमेरिकी डलरले गुणान गर्दा ३ अर्ब डलर हुन्छ । यो भनेको ३ खर्ब ९० अर्ब नेपाली रुपैयाँ हो ।

पर्यटन क्षेत्रका जानकारहरु भने पर्यटकबाट वार्षिक ३ खर्ब ९० अर्ब रुपैयाँ आम्दानी हुन असम्भव भने नरहेको बताउँछन् । कोभिड अगाडीको तुलनामा अहिले पर्यटन क्षेत्र चलायमान हुँदा पनि यत्तिको आम्दानी गर्न सम्भव रहेको जानकारहरुको भनाई छ ।

त्यस्तै, काँग्रेसले संकल्पपत्रमा आगामी ५ वर्षमा विद्युतीय सवारी साधनको प्रयोग ५० प्रतिशत पुर्‍याउने महत्वकांक्षी योजना पनि समेटेको छ । सन् २०४५ सम्ममा शहरी यातायातमा डिजेल र पेट्रोलको प्रयोग शून्यमा झार्ने लक्ष्य काँग्रेसले लिएको छ ।

यस्तै, ५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई बिजुली निःशुल्क दिने अर्को महत्वकांक्षी योजना पनि काँग्रेसले लेखेको छ ।

काँग्रेसको घोषणपत्रमा वार्षिक न्यूनतम ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
साउनको पहिलो साता कलंकीको अन्डरपास खुल्ने
साउनको पहिलो साता कलंकीको अन्डरपास खुल्ने
प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
कांग्रेसका छ जना कारबाहीमा
कांग्रेसका छ जना कारबाहीमा
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
काठमाडौंमा डिजिटल पार्किङका लागि प्रक्रिया शुरु
माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?
माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?
भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ
भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ
सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु
सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु