बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
४० पटक हेरिएको
Shares
बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ

सारांश

  • वालिङ ।
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् ।
  • स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, “बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ”, उनले भने, “नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ ।

वालिङ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, “बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ”, उनले भने, “नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ ।”

छोटो सम्बोधन गरेका मन्त्री गुरुङले स्थानीय सरकारका रुपमा चापाकोट नगरपालिकाले गाउँ–गाउँका नागरिकलाई लक्षित गरी वडा–वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताए ।

स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ । नगरवासीलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने मुख्य उद्देश्यसहित आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख देवबहादुर खाणले बताए ।

आज वडा नं ६ को साँखर स्वास्थ्य चौकीबाट सुरु भएको स्वास्थ्य शिविर पुस २७ गते वडा नं ९ को चापाकोट अस्पतालमा आएर सकिने छ । वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएको हो ।

शिविरमा विशेषगरी निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्सरे, इसिजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
मस्र्याङ्दीबाट विद्युत् उत्पादन घट्यो
मस्र्याङ्दीबाट विद्युत् उत्पादन घट्यो
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन
त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन
घरबेटीको मनोमानी हट्दै, एक बर्षमा ८० विवाद समाधान
घरबेटीको मनोमानी हट्दै, एक बर्षमा ८० विवाद समाधान
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन