गुण्डुमा आइपुग्यो सिंहदरबार ।
सारांश
- भक्तपुर ३ फाल्गुण,गतबर्ष सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल नेकपाको चुनाबी घोषणापत्रकोएक मुख्य नारा थियो “गांउ गांउमा सिंहदरबार”।
- भक्तपुर सुर्यबिनाएक नगरपालिका वडा न ७ कार्यालय वरपरको आजको द्रिश्य हेर्दा त्यती बेलाको घोषणा पत्रको सोही नारा अनुरुप जनताको मन जित्न भक्तपुरका जनप्रतिनिधीहरु सकृयता पूर्वक लागिरहेका थिए।
- जिल्ला सदरमुकामका सम्पूर्ण सरकारी निकायका सेवाप्रदायक कार्यलयहरु कर्मचारी,फाईल,काजजात सहित देखिन्थे भने अस्पातल र अन्य स्वास्थ्य संस्थाहरु उपकरण र स्वास्थ्यकर्मी सहित देखिन्थे,सयौ नागरिकहरु आफ्नै गाउटोलमा आईपुगेको यो शिबिरबाट लाभ लिन तल्लिन देखिन्थे,सेना,प्रहरी लगाएत अन्य सरकारी निकायहरु भिभिन्न स्टलमार्फत जनचेतना मुलक शत्रहरु सन्चालनमा ब्यस्त देखिन्थे,रक्तदान ,स्वास्थ्य शिबिर लगाएतका स्टलहरुमा गाउलेहरुको उल्लेखिय भिड देखिन्थ्यो ।
भक्तपुर ३ फाल्गुण,गतबर्ष सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल नेकपाको चुनाबी घोषणापत्रकोएक मुख्य नारा थियो “गांउ गांउमा सिंहदरबार”। भक्तपुर सुर्यबिनाएक नगरपालिका वडा न ७ कार्यालय वरपरको आजको द्रिश्य हेर्दा त्यती बेलाको घोषणा पत्रको सोही नारा अनुरुप जनताको मन जित्न भक्तपुरका जनप्रतिनिधीहरु सकृयता पूर्वक लागिरहेका थिए।जिल्ला सदरमुकामका सम्पूर्ण सरकारी निकायका सेवाप्रदायक कार्यलयहरु कर्मचारी,फाईल,काजजात सहित देखिन्थे भने अस्पातल र अन्य स्वास्थ्य संस्थाहरु उपकरण र स्वास्थ्यकर्मी सहित देखिन्थे,सयौ नागरिकहरु आफ्नै गाउटोलमा आईपुगेको यो शिबिरबाट लाभ लिन तल्लिन देखिन्थे,सेना,प्रहरी लगाएत अन्य सरकारी निकायहरु भिभिन्न स्टलमार्फत जनचेतना मुलक शत्रहरु सन्चालनमा ब्यस्त देखिन्थे,रक्तदान ,स्वास्थ्य शिबिर लगाएतका स्टलहरुमा गाउलेहरुको उल्लेखिय भिड देखिन्थ्यो ।
आफुलाई आवश्यक सम्पूर्ण सेवाहरु लिइसकेपछी घर फर्किने बेला गांउलेहरुको “रिफ्रेसमेण्ट”का लागि चियापान,सांस्कृतिक तथा मनोरन्जनात्मक गतिबिधीहरु सँगैको मैदानमा आयोजना गरिएको थियो,सिंगो गांउ,टोलभरी स्थानियहरुकोबाक्लो चहलपहल देखिन्थ्यो। यो द्रिश्य आज भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र न २ स्थित सुर्यबिनाएक नगरपालिका वडा नं ७ गुण्डुको हो। पूर्व उधोगमन्त्री तथा भक्तपुर प्रतिनिधि सभा सदस्य महेश बस्नेतको पहलकदमी र नेपाली सेनाको वीरदल गणको ब्यबस्थापनमा आजदेखि शुरु भएको “एकिक्रित घुम्ती सेवा”मा हज्जारौ जनताको स्वत: स्फुर्त सहभागीता रहेको आयोजकको दाबी छ।
सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुती दिलाउनु यस् अभियानको मुख्य उदेश्य रहेको सांसद महेश बस्नेतले बताए ,राज्यका तिनै तहका प्रतिनिधि हरुको सहभागीता रहने उक्त अभियानको प्रसाशनिक सेवाको नेत्रित्व प्रमुख जिल्ला अधिकारीलेनै गर्ने र हरेक महिनाको पहिलो शुक्रबार फरक फरक वडामा यस् कार्यक्रम संचालन हुने जानकारी बस्नेतले दिए।
जनता र जनप्रतिनिधी हरुकै बिच्मा पारदर्शी हिसाबले सेवा प्रदान गर्ने उपयुक्त बातावरण निर्माणको कारण जनताले भोग्नु परिरहेको प्रसाशनिक झमेला,ढिला सुस्ती र भ्रस्टाचार अन्त्य गर्न यो अभियान प्रभाबकारी रहने दाबी समेत सांसद बस्नेतले गरे। “घरको सानो सिफारिस र अंश बंडाको लफडा थियो काम अल्झिराको थियो आज गाउंटोलमै सिडियोसाप,हाकिमसापहरु आफै आएर हांसीहांसी काम गर्दिनुभो ,सारो खुशी लाग्यो ,अचम्मै भो” शिबिरमा सहभागी ६० बर्शिय एक महिलाले भनिन। गांउकै एक ब्यक्तिलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परिक्षण गराउदै शिबिरको उद्घाटन सांसद महेश बस्नेतले गरेका थिए ।




प्रतिक्रिया