नेपाली चलचित्र ‘पासवार्ड’ मा चर्चित पोर्न स्टार सन्नी लियोनि !
सारांश
- पोर्न दुनियाँबाट बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनि नेपाली चलचित्रमा देखिने भएकी छिन्।
- करोड बढी भारतीय रकम लिएर उनि नेपाली चलचित्र ‘पासवार्ड’ मा अनुबन्धित भएको खबर यतिबेला बाहिरिएको छ।
- चलचित्रमा सन्नीको अपोजिटमा नेपाली एक्सन अभिनेता अनुपविक्रम शाही मुख्य भूमिकामा रहनेछन्।
पोर्न दुनियाँबाट बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनि नेपाली चलचित्रमा देखिने भएकी छिन्। करोड बढी भारतीय रकम लिएर उनि नेपाली चलचित्र ‘पासवार्ड’ मा अनुबन्धित भएको खबर यतिबेला बाहिरिएको छ। चलचित्रमा सन्नीको अपोजिटमा नेपाली एक्सन अभिनेता अनुपविक्रम शाही मुख्य भूमिकामा रहनेछन्। बेलायतको लन्डन आसपासमा छायाँकन हुने बताईएको चलचित्रलाई सम्राट बन्सेतले निर्देशन गर्नेछन्।

विक्रम जोशीले निर्माण गर्ने चलचित्र अगस्ट २६ बाट फ्लोअरमा जानेछ। चलचित्रको लागि अनुप शुक्रबार बेलायत जाने बुझिएको छ। सन्नी पनि चलचित्रको सेट ज्वाईन गर्न बेलायत जानेछिन्। अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने चलचित्रमा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा हुनेछन् ।
चलचित्रमा सन्नीको आइटम दृश्य र अन्य केहि भूमिका रहने बताईएको छ।
प्रतिक्रिया