कलेजोबाट ५ किलो ट्युमर झिकियो, टिचिङमै प्रत्यारोपण तयारी
सारांश
- काठमाडौं ।
- टिचिङ अस्पताल महाराजगञ्जले कपिलवस्तुका एक बिरामीको कलेजो वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को सफल शल्यक्रिया गरी ५ किलो ट्युमर निकालेको छ ।
- अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको दूर्लभ शल्यक्रियाका गर्न ५ घण्टा लागेको थियो ।
काठमाडौं । टिचिङ अस्पताल महाराजगञ्जले कपिलवस्तुका एक बिरामीको कलेजो वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को सफल शल्यक्रिया गरी ५ किलो ट्युमर निकालेको छ ।
अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको दूर्लभ शल्यक्रियाका गर्न ५ घण्टा लागेको थियो । ४४ वर्षीय ती बिरामीको शल्यक्रियाबाट कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको हो ।
सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकको दाबी छ । शल्यक्रियामा अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी थिए ।
शल्यक्रियापछिको एक हप्तापछि अस्पताल उपचारपछि बिरामीलाई घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिए । अस्पतालले अब छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारीमा छ ।
अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहनुभएका प्राडा भण्डारीले बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले शुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा भएबो बताए । पछि बिरामीको सहमति लिएर शल्यक्रिया गरी सफल भएको बताए ।
प्रतिक्रिया