आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले डिपोमा बसेर काम गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले डिपोमा बसेर काम गर्ने

सारांश

  • काठमाडौ १३,माघ।
  • नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले केही दिन डिपोमै बसेर तेल वितरण गर्ने योजना बनाएका छन् ।
  • डिपोमा हुने गरेको इन्धन चोरी, नोक्सानी, ढिला गरी तेल बोकेका ट्यांकर आइपुग्ने लगायतका समस्या लाई बुझेर सुधार गर्न पौडेलले यस्तो गर्न लागेको बताइएको छ ।

काठमाडौ १३,माघ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले केही दिन डिपोमै बसेर तेल वितरण गर्ने योजना बनाएका छन् । डिपोमा हुने गरेको इन्धन चोरी, नोक्सानी, ढिला गरी तेल बोकेका ट्यांकर आइपुग्ने लगायतका समस्या लाई बुझेर सुधार गर्न पौडेलले यस्तो गर्न लागेको बताइएको छ ।

निगममा पहिलोपटक खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्त भएका पौडेलले डिपोमा सुधार हुन सके निगमभित्रको धेरै बेथिति अन्त्य गर्न सकिने निष्कर्ष निकालेका छन् । कर्मचारीहरूसँग भएका छलफलमा उनले डिपोबाट हुने कारोबारलाई पारदर्शी बनाउन निर्देशन दिने गरेको एक कर्मचारीले बताए ।

निर्देशक पौडेलले निगमभित्र सुधार गर्नु आफ्नो चुनौती भएकाले सफल भएर देखाउने बताए ।

निगमको डिपोमा आइओसीबाट लोड भएका ट्यांकर समयमै नल्याई बीचबाटोमै रोक्ने, चालक र ढुवानी व्यवसायीसँग मिलेर तेल चोरी गर्ने, प्राविधिक नोक्सानीको तोकिएको दरभन्दा बढी लक्ष्य देखाइ अनियमिता गर्ने, डिपोमा इन्धन स्टक नराख्नेलगायतका समस्या छन् । निगमको काठमाडौं, अमलेखगन्ज र विराटनगर ठूला डिपोमध्येमा पर्छन् । त्यसपछि भैरहवा, नेपालगन्ज र पोखरा डिपो पर्छन् ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?