नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु – वाणिज्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • इटहरी, १६ साउन ।
  • वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ ।
  • सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ मा उत्पादन हुने वस्तुलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।

इटहरी, १६ साउन । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ मा उत्पादन हुने वस्तुलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।

पूर्वी नेपालमा उत्पादन हुने अदुवा, रुद्राक्ष, अलैँची, अदुवा, अकबरे चिया, कफी र दूध जस्ता वस्तुको प्रशोधन र स्तरवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

करदाताको सम्मान गर्ने परम्परा बसाल्न मन्त्रालयले नीति ल्याउन लागेको र करदाता सम्मान कार्ड वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी तुल्याउन योगदान पु¥याएका व्यक्तिहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?