नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन

सारांश

  • काठमाडौँ, ७ असोज ।
  • नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब रु चार लाखको पुस्तक बिक्री भएको छ ।
  • गत भदौ १९ देखि यही असोज १९ गतेसम्म प्रतिष्ठानको परिसरमा सञ्चालन गरिएको उक्त प्रदर्शनीमा प्रतिष्ठानद्वारा विभिन्न समयमा प्रकाशित पुस्तक बिक्री भएको हो ।

काठमाडौँ, ७ असोज । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब रु चार लाखको पुस्तक बिक्री भएको छ ।गत भदौ १९ देखि यही असोज १९ गतेसम्म प्रतिष्ठानको परिसरमा सञ्चालन गरिएको उक्त प्रदर्शनीमा प्रतिष्ठानद्वारा विभिन्न समयमा प्रकाशित पुस्तक बिक्री भएको हो । प्रदर्शनीमा दर्शन, इतिहास, कथा, निबन्ध, कविता, ज्योतिष, गणित, धार्मिकलगायत विधाका करीब ४०० प्रकारका पुस्तक समावेश गरिएको छ । प्रतिष्ठानले विभिन्न लेखकका राम्रा कृतिलाई पछिल्लो समयमा अङ्ग्रेजीमा अनुवाद गरेर बिक्रीका लागिसमेत राखेको छ ।

नेपाली, संस्कृत, अङ्ग्रेजी भाषामा पुराना र नयाँ पुस्तक प्रदर्शनीमा समावेश गरिएका कारण त्यसको अध्ययनमा अभिरुचि राख्ने विभिन्न उमेर समूहका पाठकले आफूलाई चाहिएको विषयवस्तुका पुस्तकबारे जानकारी लिने र खरीद गर्ने गरेको पाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका विभिन्न कृति, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कृति, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका कृति, ‘सार्क मुलुकका महिला लेखिकाको कथा’ले अधिकांश पाठकलाई आकर्षित गरेको पाइएको छ ।

प्रतिष्ठानले प्रकाशनमा ल्याएको बृहद् शब्दकोशमा रहेका शब्द र अर्थलाई अङ्गेजीमा अनुवाद गरिएको प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशसमेत बिक्रीका लागि राखिएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिनुभयो । स्वदेशी तथा विदेशी ख्यातिप्राप्त साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद गरेर देश विदेशमा प्रवद्र्धन गर्ने नीति प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले त्यहाँ राखिएका विभिन्न पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
सुर्तीजन्य पदार्थकाे बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
सुर्तीजन्य पदार्थकाे बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
Pin-up Aviator: Oyun Qaydaları Və Strategiyalar
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
प्रधानमन्त्री ओली दोहामा
प्रधानमन्त्री ओली दोहामा
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

तपाईंले छुटाउनुभयो कि?