सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
सारांश
- काठमाडौ, २१ असोज – नेकपा एमालेले नेतृत्व गरेको बाम गठबन्धनमा अर्को बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि चुनावी तालमेल गर्ने तयारी गरेको छ ।
- काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन आव्हान गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीले भने बाम गठबन्धन नै रोज्न लागेको हो ।
- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने बताउनु भयो ।
काठमाडौ, २१ असोज – नेकपा एमालेले नेतृत्व गरेको बाम गठबन्धनमा अर्को बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि चुनावी तालमेल गर्ने तयारी गरेको छ ।
काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन आव्हान गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीले भने बाम गठबन्धन नै रोज्न लागेको हो । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने बताउनु भयो । उहाँले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको जानकारी दिनुभयो ।
बाम गठबन्धनमा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, नेपाल परिवार दल र केही स्वतन्त्र उम्मेद्धार एकतावद्ध भईसकेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Prem Acharya
Ramro kura
Shyam Rai
Thijx
Bir Bhd
Yo baje lai ni yak choti india varman pathaya ghumera aauthiya ni
Gagan Tamang
Nepal ma bastabi cmonist vetena
Kiran Amatya
अब नेपालमा पनि दुइवटा पार्टीमात्र हुनु पर्छ त्यो हो कम्युनिष्ट र कॉग्रेस
Ran Kunwar Kunwar
Dherai ramro
Ram Hari Dahal
अनि अर्कै पार्टी त सूर्य चिन्ह लिएर चुनाब लड्न तछाड मछाड गरिरहेका छन भने … अब भबिष्यमा एक हुने भै नै सकेपछि माओबादीका साथीहरुले पनि सूर्य चिन्ह मै चुनाब लडौ … नत्र काठमाडौको उपमेयरमा उमेदवार नै न उठाएको सूर्यमा हजारौं भोट खसेको तर एमालेले समर्थन गरेको गाईले हारेको जस्तै हारिन्छ … तसर्थ यसमा माओबादीका साथीहरु सिरियस भएर सोचौ … आखिर हामिलाई त जित्नु पो छ त … चिन्हको प्रचार त गर्नु छैन नि … भोलि गाईको जस्तो हालत हसिया हथौडाको हुने अवस्था मैले प्रस्ट देखेको छु … बेलैमा होस पुर्याउनु जरुरी छ … आखिर २ महिना पछि त सूर्य चिन्हमै जाने हो भने आज किन जोखिम लिने …??? हाम्रो चेतना र शिक्षाको कमिले गर्दा भोटरहरुले भोट हाल्न जान्दैनन र हसिया हथौड़ा खोज्दै जादा मालेको हसिया चिन्हामा छाप लगाएर भोट खेर हाल्छन । यो तितो यथार्थ हो … चेतना होस ।