पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
सारांश
- काठमाडौँ ।
- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
- गण्डकी र बागमतीका पहाडी भू–भागमा आंशिक बदली छ ।
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी र बागमतीका पहाडी भू–भागमा आंशिक बदली छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आँकलन महाशाखाले गरेको छ । हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सोमबार मधेस प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ पुस १० गते (आइतबार)
दिउँसोː सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीː सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
२०७९ पुस ११ गते (सोमबार)
दिउँसोː मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीː देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ पुस १२ गते (मङ्गलवार)
दिउँसोː कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
binance sign up
Can you be more specific about the content of your enticle? After reading it, I still have some doubts. Hope you can help me.
binance account
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Тркеу
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? binance conta aberta