दशैंमा शिल्पाको ‘मंगलम’ आउने पक्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
दशैंमा शिल्पाको ‘मंगलम’ आउने पक्का

सारांश

  • निर्माण भएको लामो समयसम्म रिलिज मिति नतोकेको ‘मंगलम’ले अन्तत: असोज ११ गते रिलिज हुने घोषणा गरेको छ ।
  • छवि राज ओझाको निर्माण रहेको फिल्मलाई नबल नेपालले निर्देशन गरेका हुन् ।
  • ‘सबैले बाघ निर्माता सेलायो सेलायो भनेर खोजी गरेपछि फिल्म रिलिज गर्न लागेका हौ ।

निर्माण भएको लामो समयसम्म रिलिज मिति नतोकेको ‘मंगलम’ले अन्तत: असोज ११ गते रिलिज हुने घोषणा गरेको छ । छवि राज ओझाको निर्माण रहेको फिल्मलाई नबल नेपालले निर्देशन गरेका हुन् ।

‘सबैले बाघ निर्माता सेलायो सेलायो भनेर खोजी गरेपछि फिल्म रिलिज गर्न लागेका हौ । दशैंजस्तो उपयूक्त डेट मेरो फिल्मका लागि अर्को नहुने ठानेर नै रिलिज गर्न लागेको हुँ ‘, उनले भने ‘मेरो फिल्मले आजसम्म दर्शकको साथ सधैं पाइरहेकाले यसपटक पनि दर्शकको साथ पाउनेमा म ढुक्क छु ।’

प्रचारका लागि छोटो समय भएकाले आफू आक्रमकरूपमा प्रचार उत्रिने बताए । अघिपछि रिलिजको करिब २ महिना अगाडीबाट फिल्मको प्रचारमा लाग्ने गरेका ओझासँग यसपटक भने प्रचारका लागि २० दिनको समय मात्र उपलब्ध छ । उनले भोलि फिल्मको फस्ट लुक र ट्रेलर सार्वजनिक गर्ने बताएका छन् ।

फिल्ममा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका छ । सोहि मितिमा ‘छक्का पन्जा २’ पनि रिलिज हुँदैछ । सिक्वलका कारण चर्चामा रहेको ‘छक्का पञ्जा २’सँग ‘मंगलम’को वक्सअफिसमा रोचक प्रतिष्पर्दा हुने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?