राप्रपाको आकस्मिक बैठक आज बस्दै
सारांश
- राप्रपाको आकस्मिक बैठक आज बस्ने भएको छ ।
- निर्वाचन आयोगले पार्टी विधानमा हेरफेर गरी ‘हिन्दू राष्ट्र र राजतन्त्र’ भन्ने शब्द हटाइ दिएपछि राप्रपाले राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक बोलाएको हो ।
- राजधानीको धुम्बराही पार्टी कार्यालयमा बस्ने बैठकले विधानमा भएका बुँदा हटाएकोप्रति आपत्ति जनाउँदै नहटाइ दिन आग्रह गर्नका लागि बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
राप्रपाको आकस्मिक बैठक आज बस्ने भएको छ । निर्वाचन आयोगले पार्टी विधानमा हेरफेर गरी ‘हिन्दू राष्ट्र र राजतन्त्र’ भन्ने शब्द हटाइ दिएपछि राप्रपाले राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक बोलाएको हो ।
राजधानीको धुम्बराही पार्टी कार्यालयमा बस्ने बैठकले विधानमा भएका बुँदा हटाएकोप्रति आपत्ति जनाउँदै नहटाइ दिन आग्रह गर्नका लागि बैठक बस्न लागेको एक नेताले जानकारी दिए । राप्रपाको विधानमा भएको ती शब्द संविधानको भावना विपरित भएको भन्दै हटाउने निर्णय गरिएको आयोगको भनाइ छ । राप्रपाले भने संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको नारा लिएर चुनावमा जाने निर्णय गरिसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया