पश्चिमी वायुको प्रभावले पुनः वर्षा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पश्चिमी वायुको प्रभावले पुनः वर्षा

सारांश

  • काठमाडौँ ।
  • पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
  •   पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताए।
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। 
पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताए।
अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र वर्षा भइरहेको मौसमविद् बासीले भने।
आज देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने बताइएको छ । प्रिमनसुनको समयमा मध्याह्नपछि मेघगर्जन, हल्का वर्षा, हावाहुरी चल्ने र चट्याङ पर्ने सामान्य गतिविधि हो। 
तर अहिले विभिन्न प्रणाली मिसिएर मौसम प्रभावी भइरहेको मौसमविद्को भनाइ छ। यस प्रणालीको प्रभावले अझै केही दिन मौसम पूर्णरूपमा सफा हुने अवस्था नरहेको बताइएको छ।
भोलि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। 
बिहीबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी
नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी
धावनमार्गमा विमान चिप्लिए पछि…
धावनमार्गमा विमान चिप्लिए पछि…
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल
कैलालीको टिकापुरमा एमालेको  जित, उपमेयरमा कांग्रेस विजयी,
कैलालीको टिकापुरमा एमालेको जित, उपमेयरमा कांग्रेस विजयी,
भारतबाट सामान आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्ने
भारतबाट सामान आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्ने
नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा चवालिस आप्रवासीको मृत्यु
नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा चवालिस आप्रवासीको मृत्यु
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
ओखलढुङ्गा  चम्पादेवीका  दुर्गाधन सुनुवारको गोकर्णमा फेला
ओखलढुङ्गा चम्पादेवीका दुर्गाधन सुनुवारको गोकर्णमा फेला

तपाईंले छुटाउनुभयो कि?