यु–१९ एसिया कपः लक्ष्य टाढा, यात्रा कठिन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
यु–१९ एसिया कपः लक्ष्य टाढा, यात्रा कठिन !

सारांश

  • काठमाडौँ, १४ असोज ।
  • बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएपछि सेमिफाइनल पुग्न कठिन देखिएको छ ।
  • शनिबार भएको पहिलो खेलमा नेपाली यु–१९ टोली भारतको यु–१९ सँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

काठमाडौँ, १४ असोज । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएपछि सेमिफाइनल पुग्न कठिन देखिएको छ । शनिबार भएको पहिलो खेलमा नेपाली यु–१९ टोली भारतको यु–१९ सँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपाल रहेको समूह ए मा भारत अफगानिस्तान र युएइका यु–१९ टोली रहेका छन् । हरेक समूहबाट दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । आफ्नो पहिलो खेलमा जित हात पारेका भारत र अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने अनुमान गरिएको छ । नेपाललाई सेमिफाइनल पुग्नका लागि अबका बाकिँ दुवैखेल जित्नुपर्ने छ । नेपालले आफ्नो दोस्रो खेल अफगानिस्तानसँग सोमबार खेल्दैछ भने मंगलबार अन्तिम खेल युएइसँग खेल्नेछ ।

भारत उपाधिको दावेदार मानिएको छ भने अफगानिस्तान साविक विजेता हो । पहिलो खेल हारेका नेपाल र युएइ अहिले अंकविहिन छन् । युएइ पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो । रन रेटका आधारमा भने नेपाल अंकतालिकाको पुछारमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?