पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७९
|
|
१७ पटक हेरिएको
Shares
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सारांश

  • पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
  • कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।
  • प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ ।

पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।

प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट हुम्ला कालिकोटबाट प्रहरीको टोली र स्थानीयको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?