पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म

सारांश

  • उदय जीएम रुकुमको चुनवाङ– ६ लाखरपेदिचौरमा २०२४ असार २९ गते उनले यो धरतीमा पाइला टेक्दा बुवा वीरबहादुर घर्ती र आमा जयकली घर्तीलाई के थाहा कि यही बालक भोलि सभामुखको गरिमामय जिम्मेवारी सम्हाल्ने ठाउँमा पुग्लान् ।
  • पूर्णबहादुर घर्तीमगर “आयाम” आफैलाई पनि रोल्पामा तत्कालीन सरकारले रोमियो अप्रेशन गर्दा “ढल्दैन त्यो बन्दुकले…”, जनयुद्धको क्रममा “एकै रातमा धर्ती हल्लियो…”, “यात्रा हाम्रो लामो छ” र “कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन…” लगायत दर्जनौं चर्चित क्रान्तिकारी गीतहरुको शव्द रचना र स्वर दिइरहँदा लागेको थिएन होला कि मृत्युलाई जितेर कुनै दिन संघीय गणतन्त्र नेपालमा कुनै प्रदेशको सभामुख बनुँला भन्ने कुरा ।
  • हो, उनै पूर्णबहादुर घर्तीमगर “आयाम”ले आज २०७४ फागुन २ गतेका दिन पाँच नम्बर प्रदेशको सभामुख पदको शपथग्रहण गरेका छन् ।

उदय जीएम

रुकुमको चुनवाङ– ६ लाखरपेदिचौरमा २०२४ असार २९ गते उनले यो धरतीमा पाइला टेक्दा बुवा वीरबहादुर घर्ती र आमा जयकली घर्तीलाई के थाहा कि यही बालक भोलि सभामुखको गरिमामय जिम्मेवारी सम्हाल्ने ठाउँमा पुग्लान् । पूर्णबहादुर घर्तीमगर “आयाम” आफैलाई पनि रोल्पामा तत्कालीन सरकारले रोमियो अप्रेशन गर्दा “ढल्दैन त्यो बन्दुकले…”, जनयुद्धको क्रममा “एकै रातमा धर्ती हल्लियो…”, “यात्रा हाम्रो लामो छ” र “कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन…” लगायत दर्जनौं चर्चित क्रान्तिकारी गीतहरुको शव्द रचना र स्वर दिइरहँदा लागेको थिएन होला कि मृत्युलाई जितेर कुनै दिन संघीय गणतन्त्र नेपालमा कुनै प्रदेशको सभामुख बनुँला भन्ने कुरा ।

हो, उनै पूर्णबहादुर घर्तीमगर “आयाम”ले आज २०७४ फागुन २ गतेका दिन पाँच नम्बर प्रदेशको सभामुख पदको शपथग्रहण गरेका छन् । पूर्वी रुकुमको प्रदेशसभा– २ मा नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी पूर्णबहादुर घर्तीमगरले २०३७ सालमै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता प्राप्त गरेर राजनीतिमा प्रवेश गरेका घर्तीमगरले २०४१ सालमै तत्कालीन नेकपा मशालको सदस्यता प्राप्त गर्न सफल भएका थिए । २०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष एवं पूर्णकालीन सदस्य बनेका पूर्ण २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित हुनुका साथै एकता महाधिवेशन प्रतिनिधि समेत बन्न सफल भएका थिए ।

राजनीतिक जीवनमा आफूलाई होम्दै लगेका पूर्ण २०४७ देखि २०५१ सम्म सिस्ने साँस्कृतिक समूह रुकुमको संयोजकको रुपमा क्रियाशील रहे । २०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरीको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका पूर्ण २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा पुग्न सफल भए । जनयुद्धको उद्गम थलोको रुपमा परिचित राप्तीका दुई पहाडी जिल्ला रोल्पा र रुकुममध्येको एउटा जिल्लाको सेक्रेटरीको जिम्मेवारी सम्हाल्नु अत्यन्तै चुनौतिपूर्ण थियो । अहिले अध्यक्षात्मक प्रणालीमा गएपछि अहिले जिल्ला अध्यक्षले सम्हाल्ने जिम्मेवारी उतिबेला सेक्रेटरीले नै सम्हाल्ने गर्दथे । २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए पूर्णले ।

जनयुद्धको विकासक्रमसँगै माओवादीले आफ्नो आधार इलाकामा जनसरकारको घोषणा गर्न थाल्यो । रुकुमलाई आफ्नो आधार इलाका मान्दै आएको माओवादीले २०५७ मंसिर २९ गते नेपालमै पहिलोपटक रुकुम जिल्ला जनसरकारको घोषणा गर्यो । पहिलो जनसरकारको प्रमुखमा निर्वाचित उनै पूर्णबहादुर घर्ती “आयाम” लाई २०५७ कै पुस ७ मा घोषणा गरियो । त्यतिबेला उनी पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पनि थिए ।

त्यस्तै, २०५८ देखि २०५९ सम्म भेरी–कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रीय सदस्यको भूमिकामा रहेका पूर्ण २०६० सालमा सामना साँस्कृतिक परिवारको संयोजक, केन्द्रीय श्रव्यदृश्य विभाग प्रमुख तथा नेकपा माओवादीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहे । २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज बनेका उनी माओवादी शान्तिप्रक्रियामा आएपछि २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पनि पुगे ।

२०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य रहेका पूर्णले २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्यको भूमिकामा आफूलाई खरो उभ्याए । २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगराज इन्चार्ज तथा पोलिटव्युरो सदस्य रहेका पूर्ण नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्यको भूमिकामा पनि रहे ।

पाँच नम्बर प्रदेशको सभामुखमा चयन भएका पूर्ण पञ्चायतविरोधी आन्दोलनको क्रममा २०४५ पुस २७ गते रोल्पाको लिवाङमा गिरफ्तार भएका थिए । त्यसबेला उनी ५२ दिनसम्म प्रहरीको हिरासतमा रहेका पूर्णले त्यतिबेला प्रहरीको चरम यातना पनि भागेका थिए । २०४७ देखि २०५२ सम्म केन्द्रीय साँस्कृतिक टोली सामना परिवारमा र जनसाँस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषतः राप्तीमा साँस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनी गीतकार र गायक पनि हुन् ।

सभामुख पूर्णले सीता आचार्यसँग अन्तरजातीय विवाह गरेका छन् । दिदीहरु आशिका बुढा र लालकुमारी घर्तीका भाइ पूर्णकी एक छोरी लिचुन घर्तीमगर छिन् । सभामुखमा पूर्ण घर्ती “आयाम”को चयनसँगै ५ नम्बर प्रदेशले एक जुझारु, सुझबुझपूर्ण र परिपक्व नेतालाई सभामुखमा पाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishal Thingh

    बधाइ अनि सफल कार्यकल को शुभकामना ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुन तयार : आलोपालो प्रधानमन्त्री चलाउने सहमतिनजिक
ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुन तयार : आलोपालो प्रधानमन्त्री चलाउने सहमतिनजिक
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा
Athiya Shetty’s killer moves in ‘Tere Naal Nachna’ from ‘Nawabzaade’ will take your breathe away!
Athiya Shetty’s killer moves in ‘Tere Naal Nachna’ from ‘Nawabzaade’ will take your breathe away!
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
पूर्वाधार विकास बैंकका अध्यक्ष पदबाट हटाइए
पूर्वाधार विकास बैंकका अध्यक्ष पदबाट हटाइए
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था
ऐन नहुँदा अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक
उपेन्द्र यादवको निर्वाचन अभियान सप्तरीको मलेठबाट
उपेन्द्र यादवको निर्वाचन अभियान सप्तरीको मलेठबाट

तपाईंले छुटाउनुभयो कि?