पाँच लाख रुपैयाँ दाइजो नपाएपछि श्रीमतीको हत्या !

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १, २०७३
|
|
१२९ पटक हेरिएको
Shares

सारांश

  • रौतहट महेशपुरका सन्तोषकुमार साहले पाँच लाख रुपैयाँ दइजो नपाएको निहुँमा श्रीमती लालमुनी कुमारीको हत्या गरेको लालमुनीका माइती पक्षले आरोप लगाएका छन् ।
  • सन्तोष र उनको परिवारले पटक-पटक पाँच लाख रुपैयाँ दाइजो मागेको तर दिन नसकेपछि मार्ने धम्की दिने गरेको लालमुनीका दाइ जयप्रकाशले बताए ।
  • दाइजोकै निहुँमा बहिनालाई पटकपटक यातना दिने गरेको जयप्रकाशले दाबी गरेका छन् ।

रौतहट महेशपुरका सन्तोषकुमार साहले पाँच लाख रुपैयाँ दइजो नपाएको निहुँमा श्रीमती लालमुनी कुमारीको हत्या गरेको लालमुनीका माइती पक्षले आरोप लगाएका छन् ।

सन्तोष र उनको परिवारले पटक-पटक पाँच लाख रुपैयाँ दाइजो मागेको तर दिन नसकेपछि मार्ने धम्की दिने गरेको लालमुनीका दाइ जयप्रकाशले बताए ।

दाइजोकै निहुँमा बहिनालाई पटकपटक यातना दिने गरेको जयप्रकाशले दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बहिनीको बिहेमा उनीहरुले १० लाख रुपैयाँ दाइजो दिएका थिए ।

लालमुनीका माइती पक्षले हत्याका किटानी दिएपछि ससुरा राजेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्तोष भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?