नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टीका केन्द्र र तल्ला कमिटीको अधिवेशन हुने बताएका छन् ।
- महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धीमंगल माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टीका केन्द्र र तल्ला कमिटीको अधिवेशन हुने बताएका छन् ।
महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धीमंगल माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए ।
यस वर्ष पार्टीको संगठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने बताए ।
पूर्वप्रधानमन्त्री रहेका दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानुन निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुवातको हिसाबले महत्वपूर्ण भएको स्पष्ट पारे ।
सकारात्मक कामको शुरुआत भएको बताउँदै निर्वाचनको समयमा गरेको संकल्पअनुसार विकासको काम शुरु भएको बताए ।
प्रतिक्रिया