पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
१७ पटक हेरिएको
Shares
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु

सारांश

  • इस्लामावाद ।
  • पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।
  • पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो ।

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपासमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए । सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ । विपरित तर्फबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो ।

सो प्रान्तका सडकहरुमा सडक दुर्घटना बढी मात्रामा हुने गर्दछ । यहाँका सडकको अवस्था एवं सवारी चालकहरुको बेपर्वाहका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?