आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा

सारांश

  • भदौ, काठमाडौं ।
  • प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
  • यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.

भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

‘कुशे औंसी पर्व पनि यस दिनपर्ने भएकाले आज सोमबार परेकाले आज उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको छ’, उनले भने ।

यसैगरी, आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ । मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ ।आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश यो वर्ष सोमबारे औंसी परेकाले १२ वर्षसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य वर्षको कुशे औंसीका दिन उखेलिएको कुश त्यो वर्ष मात्र प्रयोग गर्न सकिने शास्त्रमा उल्लेख छ ।

औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको अध्यक्ष गौतमले बताए । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा
‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा
लगातर झरी र हिमपात हुँदा जनजीवन प्रभावित
लगातर झरी र हिमपात हुँदा जनजीवन प्रभावित
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल
ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
धनुषाका यी कोरोना संक्रमित जो २० दिनदेखि काठमाडौँमा गाडी चलाइरहेका थिए
नेकपामा तीन गुट, महाधिवेशनको पूर्वाभ्यास
नेकपामा तीन गुट, महाधिवेशनको पूर्वाभ्यास
आर्थिक संकट उन्मुख भएपछि राष्ट्रबैंकद्वारा यस्तो निर्देशन

तपाईंले छुटाउनुभयो कि?