जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०८०
|
|
३८ पटक हेरिएको
Shares
जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

सारांश

  • रुकुम ।
  • रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।
  • आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।

आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका– ८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनको भनाइ छ ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत पठाइएको हो ।

घाइने हुनेमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठा मगर, सोही वडाका २२ वर्षीय ललित बाँठा मगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । सानीभेरी गाउँपालिका– ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठा मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु १ ज १७४७ नं को जीप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । उकालोमा अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु
सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
रोनाल्डो बने दोस्रोपटक ‘फिफा बेष्ट प्लेयर’
रोनाल्डो बने दोस्रोपटक ‘फिफा बेष्ट प्लेयर’
जीप दुर्घटना  : मृतकको सङ्ख्या सात पुग्यो
जीप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो
मोफसलमा साम्राज्ञी क्रेज
मोफसलमा साम्राज्ञी क्रेज
साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको
साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा

तपाईंले छुटाउनुभयो कि?