नेपाली जनताको ढुकुटीमा पहुँचवालाहरुको रजाइँ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नेपाली जनताको ढुकुटीमा पहुँचवालाहरुको रजाइँ

सारांश

  • काठमाडौं, १७ पुस ।
  • नेपाली जनताको ढुकुटी राज्यकोषमा पहुँचवालाहरुको रजाइँ चलेको छ ।
  • सरकारले एक बर्षअघि आफै बनाएको कार्यविधि मिच्दै दलका विभिन्न नेता र कार्यकर्ताहरुलाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ ।

काठमाडौं, १७ पुस । नेपाली जनताको ढुकुटी राज्यकोषमा पहुँचवालाहरुको रजाइँ चलेको छ । सरकारले एक बर्षअघि आफै बनाएको कार्यविधि मिच्दै दलका विभिन्न नेता र कार्यकर्ताहरुलाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ ।

नागरिकस्तरबाट सरकारको यस्ता क्रियाकलापको बारम्बार विरोध हुँदै आएको छ । “काग कराउँदै जान्छ, पिना सुक्दै गर्छ” भनेझैं सरकारले भने दलका नेता कार्यकर्तालाई नियमविपरीत राज्यकोषबाट करोडौं रुपैयाँ बाँडेको बाड्यै छ ।

सरकारले पछिल्लोपटक तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषदका उपाध्यक्ष रहेका तुलसी गिरीलाई २५ लाख रुपैयाँ र पूर्वसभामुख एवं नेपाली कांग्रेस नेता तारानाथ रानाभाटलाई ७० लाख रुपैयाँ उपलब्ध गराएको आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?