भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ४, २०७७
|
|
२५ पटक हेरिएको
Shares
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

सारांश

  • भागरथी भट्टको हत्याका संदीग्धको पहिचान भइसकेको खुलेको छ ।
  • प्रहरीले हत्याका संदीग्ध नै संलग्न रहेको निष्कर्ष लगभग निकालिसकेकाले दुई दिनभित्र सार्वजनिक गर्ने गरी प्रमाण जुटाइरहेको बुझिएको छ ।
  • दोषीबारे कुनै आशंका नरहोस् भन्ने हेतु यथेष्ठ प्रमाण जुटाउन प्रहरीले अनुसन्धानमा बढी समय लगाएको बुझिएको छ ।

भागरथी भट्टको हत्याका संदीग्धको पहिचान भइसकेको खुलेको छ । प्रहरीले हत्याका संदीग्ध नै संलग्न रहेको निष्कर्ष लगभग निकालिसकेकाले दुई दिनभित्र सार्वजनिक गर्ने गरी प्रमाण जुटाइरहेको बुझिएको छ ।

दोषीबारे कुनै आशंका नरहोस् भन्ने हेतु यथेष्ठ प्रमाण जुटाउन प्रहरीले अनुसन्धानमा बढी समय लगाएको बुझिएको छ । सम्पूर्ण प्रमाण संकलन गरेपछि मात्र सार्वजनिक गर्ने गरी शतर्कतापूर्वक अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

घटनामा एक वा त्योभन्दा बढी संलग्न भए नभएकोबारे पनि सार्वजनिक गर्ने समयमै खुलाइने अनुसन्धानमा संलग्न प्रहरीले बताए । घटना अन्य स्थानमा घटाइएको या घटनास्थलमै घटाइएकोबारे पनि प्रहरीले गहिरिएर अनुसन्धान गरिरहेको छ ।

यसैगरी, गृहमन्त्री रामबहादुर थापा बादलले भगिरथी हत्याका दोषी नजिक पुगिसकेको खुलासा गरेका छन् । उनले गृह मन्त्रालय पुगेका नेपाल बार एशोशिएसन महिला समितिका प्रतिनिधिहरुसँग कुराकानी गर्दै दोषी चाँडै सार्वजनिक गर्ने बताए । उनले भने,‘हामी अपराधीको नजिक पुगिसक्यौं, चाँडै सार्वजनिक गर्छौं ।’ गृहमन्त्री बादलको भनाईले पनि घटनाका दोषी पत्ता लागेको पुष्टि भइसकेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले पनि दुई दिनभित्र भागिरथी हत्याका दोषी सार्वजनिक गर्ने बताएका छन् । उनले भने,‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हामी एक दुई दिनभित्रै अपराधीलाई सार्वजनिक गर्छौं ।’ सुवेदी आफै घटनास्थल पुगेर अनुसन्धानमा सक्रिय भएका थिए ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण गिजोलिँदा दोषी पत्ता लगाउन प्रहरी असफल भएबाट यसपटक गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बुझिएको छ । गृहमन्त्री बादलले पनि निर्मला हत्या प्रकरण जस्तो भागरथी हत्या प्रकरण जटिल नभएको बताएका छन् ।

भागरथीलाई जङ्गलको बाटोबाट लतार्दै झाडीमा लगी बलात्कारपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थल नजिकै भागरथीको छालाको सानो टुक्रा समेत फेला परेको छ । उनका मोबाइल पनि भेटिएको छ । यीबाहेक घटनामा दोषीको पहिचान खुल्ने वस्तुहरु पनि फेला परेका छन् । यसैको आधारमा अनुसन्धान बढाइएको छ ।

२१ माघमा १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि प्रहरीले गरिसकेको छ । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो । प्रहरीले बलात्कारपछि हत्या पुष्टि गरिसकेको छ ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वेपत्ता भएकी थिइन् । विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । तर, उनी घर पुगिनन् । साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
जिल्ला सदरमुकामसँग यातायात जोडिने
जिल्ला सदरमुकामसँग यातायात जोडिने
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम
आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक
द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न – ‘खै न्याय ?’
द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न – ‘खै न्याय ?’
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
औषधी पसल अनुगमन, ६ पसल सिल
औषधी पसल अनुगमन, ६ पसल सिल
यसकारण फुटाइएकाे रहेछ मन्त्रालय !
यसकारण फुटाइएकाे रहेछ मन्त्रालय !
मुम्बईमा रहेकी मनिषा कोइराला छिट्टै नेपाल आउँदै
मुम्बईमा रहेकी मनिषा कोइराला छिट्टै नेपाल आउँदै

तपाईंले छुटाउनुभयो कि?