पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
सारांश
- अस्बिन खड्का,जनकपुर, २१ साउन ।
- ट्युवेलको पानी थापेर लगेको बिषय लाई लिएर धनुषामा दुई यादव परिवार बीचमा झग डा हुदाँ ट्युवेल पानीको बिषयलाई लिएर झगडा हुँदा धनुषामा एक व्यक्तिको हत्या भएको छ।
- जनकपुर उपमहानगरपालिका–१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको हत्या भएको हो।
अस्बिन खड्का,जनकपुर, २१ साउन । ट्युवेलको पानी थापेर लगेको बिषय लाई लिएर धनुषामा दुई यादव परिवार बीचमा झग डा हुदाँ ट्युवेल पानीको बिषयलाई लिएर झगडा हुँदा धनुषामा एक व्यक्तिको हत्या भएको छ। जनकपुर उपमहानगरपालिका–१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको हत्या भएको हो।
घटनामा उनका छोरा सोगारथ गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय ५० वर्षिय अरुणकुमार यादव र उनका ३० बर्षीय छोरा अतिसुन्दर यादवले उनीहरुलाई छुरा हानेका हुन्। दुवै जनालाई पक्राउ गरिएको धनुषाका एसपी गोविन्द थपलियाले बताए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका रामबृक्षको उपचारको क्रममा जनकपुर अंचल अस्पताल मा मृत्यु भएको छ भने छोरा राम सोगारथको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी ले जनायको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया