देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

सारांश

  • १६ जेठ, काठमाडौं ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।
  • सहमतीय सरकार गठनको प्रयासका लागि देउवाले दलहरुलाई लिखित पत्र पठाएर छलफलका लागि बोलाएका थिए ।

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

सहमतीय सरकार गठनको प्रयासका लागि देउवाले दलहरुलाई लिखित पत्र पठाएर छलफलका लागि बोलाएका थिए ।

तर, एमाले अनुपस्थित भएको छ । कांग्रेसले देउवाको नेतृत्वमा सरकार गठन गर्ने भन्दै पत्र पठाएपछि एमाले असन्तुष्ट बनेको नेताहरुले बताएका छन् ।

संसद भवन बानेश्वरमा जारी बैठकमा संसदमा रहेका अन्य दलका शीर्ष नेताहरु भने सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि राष्ट्रपति विद्या भण्डारीले बिहीबार सात दिनको समय दिएर सहमतीय सरकार गठनका लागि आहृवान गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?